2026-07-25 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

भदौ ४, सुर्खेत | सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । 

भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् । 

जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोग निर्मूल नभएकामा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्नेजस्ता लक्षणले दुई वडाका नागरिक १२ दिनदेखि थलिएका बिरामीको संख्या अत्यधिक छ । “उपचार गर्न बाहिर जाउँ भने बीचमा भेरी छ, यहाँ गतिलो स्वास्थ्य संस्था छैन”– नार्सीका स्थानीय जमना भण्डारीले भन्नुभयो, “शिविरका नाममा एक दिन सञ्चालन भयो गाउँमा बिमारी थलिएकै छन् ।” नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीसमेत ज्वरोको संक्रमणले कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै ३०० नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ । 

कार्यालयले शिविर थप गर्न नसकेपछि दैनिक ५० बढी बिरामी स्थानीय मेडिकलमा पुगेर महँगोमा औषधोपचार गर्न बाध्य भएको सरस्वती प्राविका प्रधानाध्यापक हरि ढकालले बताउनुभयो । 

भेरी नदी पारी रहेको यो बस्तीमा थप उपचारका लागि कैलालीको चिसापानी र भेरी नदीमा जोखिममा डुंगा तरेर बाबियाचौर आउनेबाहेक अन्य उपाय नभएको भण्डारीले बताउनुभयो । उहाँले सिंगो गाउँ भाइरल ज्वरोले थलिँदा स्वास्थ्य कार्यालयले देखाउनकै लागि स्वास्थ्य शिविरको आयोजना गर्नुभन्दा रोग निर्मूल पार्न आवश्यक दक्ष जनशक्तिसहितको टोली पठाउन माग गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ