2026-07-28 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु

हैदराबादको गुलजार हाउसमा रहेको भवनमा भएको आगलागीको प्रारम्भिक जाँचबाट कम्तीमा १७ जनाको ज्यान गएको घटनामा शर्ट सर्किटका कारण ठूलो आगलागी भएको देखिएको अग्नि विभागका एक अधिकारीले आइतबार बताएका छन् ।

“प्रारम्भिक जाँचले कारण सर्ट सर्किट भएको देखाएको छ”, तेलङ्गाना विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई नागी रेड्डीले भन्नुभयो, “सबै १७ जनाको मृत्यु धुवाँ फोक्सोमा गएकाले भएको हो, कसैलाई जलनका चोटहरू थिएन ।”

गुलजार हाउस क्षेत्रमा कृष्णा पर्ल्स पसल र आवासीय परिसरमा आगलागीको घटना भएको थियो ।

रेड्डीका अनुसार अग्नि विभागले स्थानीय समयानुसार बिहान ६ः१६ बजे कल प्राप्त गरेर ६ः१७ बजे पर्याप्त कर्मचारीहरूसहित ११ वटा दमकल पठाएको थियो… अग्नि विभागले मानिसहरूलाई बचाउन श्वासयन्त्र र अक्सिजन मास्कहरू प्रयोग गर्‍यो ।

“प्राप्त जानकारी अनुसार १७ जनाको ज्यान बचाउन सकिएन… प्रारम्भिक परीक्षणले शर्ट सर्किट कारण रहेको देखाउँछ”, उहाँले भन्नुभयो ।

“आगो निभाउने र मानिसहरूलाई बचाउने काममा अग्नि विभागमा कुनै कमी थिएन… भवनमा सुरुङजस्तै दुई मिटरको एउटा मात्र प्रवेशद्वार थियो । पहिलो र दोस्रो तलामा पुग्न एक मिटरको एउटा मात्र सिँढी छ । यसले भाग्ने र उद्धार कार्य धेरै गाह्रो बनायो । बिहान ९ बजेतिर आगो नियन्त्रणमा आएको थियो… भवनभित्र कुल २१ जना थिए… मृत्युको कारण धुवाँ सास फेर्नु हो; कसैलाई पनि जलनका चोटहरू थिएन”, अग्नि अधिकारीले भन्नुभयो ।

तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया आपत्कालीन तथा नागरिक सुरक्षाद्वारा जारी गरिएको १७ मृतकको सूचीमा १० वर्षमुनिका आठ बालबालिकाका नाम छन् ।

मुख्यमन्त्री ए रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो र आगलागी घटनामा फसेका परिवारहरूलाई बचाउन सबै आवश्यक उपायहरू अपनाउन शीर्ष अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश जारी गर्नुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूप्रति ‘गहिरो दुःख’ व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट रु दुई लाख (भारतीय रुपैयाँ) र दुर्घटनामा घाइते भएकाहरूलाई रु ५० हजारको अनुदान घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु