2026-09-12 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

भदौ ४, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३÷७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । 

सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ४० प्रतिशतमा झरेको हो । 

विगत वर्षहरुमा करिब ५० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७३/७४ मा करिव १० प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । 

समयमा विद्युत्को महसुल नबुझाउने जिल्लाका ८६५ ग्राहकको विद्युत् लाइनसमेत काटिएको थियो । विद्युत्को बक्यौता रकम समयमा नबुझाएको र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गरेका ग्राहकको विद्युत् लाइन काटेको प्रमुख यादवको भनाइ छ । 

उहाँका अनुसार विद्युत् लाइन काटिएका ८६५ ग्राहकमध्ये ५४७ जना ग्राहकबाट रु एक करोड २३ लाख ६४ हजार ७९७ बक्यौता रकम संकलन भएको छ । विद्युत् लाइन काटिएका मध्ये ३२ जनाले महसुल बुझाए बापत रु ४५ लाख ३९ हजार संकलन भएको छ । 

केन्द्रले आव २०७३÷७४ मा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४८१ जनालाई पक्राउ गरी गरेको जरिवानमा रु ३० लाख ३६ हजार १५३ राजश्व संकलन हुनाका साथै सो क्रममा १०३ थान टिभी, १३१ थान पानी तान्ने मोटर, ६६ थान पङ्खा र छ थान फ्रिजसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले