२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ’

२०८२, ५ जेष्ठ आईतवार १८:०३

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद अस्पतालको अन्तरङ्गलगायत सेवाको आज शुभारम्भ गर्दै उहाँले सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो ।सरकारको आगामी आर्थिक वर्षको बजेटमा अन्य मन्त्रालयको बजेट घटे पनि स्वास्थ्यतर्फको बजेट नघट्ने र गत वर्षभन्दा केही बढ्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको र यसको विकास तथा विस्तारका लागि सरकार लागेको बताउनुभयो । उहाँले नेपाल जटिबुटीका लागि हामी सम्पन्न रहेकाले यसको उपयोगतर्फ लाग्नका लागि आयुर्वेद चिकित्सालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले प्रदेशमा रहेका अस्पतालहरू स्तरोन्नति गर्ने क्रममा गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नति गरिएको बताउनुभयो । आधुनिक मात्र नभै प्राचीन र प्राकृतिक चिकित्सा क्षेत्रको विकासलाई सँगसँगै लैजानुपर्नेमा सरकार प्रष्ट रहेको उहाँले बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद चिकित्साप्रति आकर्षण बढिरहेको बताउनुभयो । गुणकारी औषधिजन्य वस्तुको पहिचान गरी त्यसको उपयोग गर्नुपर्ने भन्दै उहाँले यसका लागि आयुर्वेद चिकित्सा प्रणालीलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विश्वबन्धु बगाले, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा शङ्कर गौतम, डा दिक्षा पौडेललगायतले धारणा राख्नुभएको थियो । त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले अस्पतालको अन्तरङ्ग सेवासँगै अस्पतालमा रहेको सःशुल्क फार्मेशी, जडिबुटी औषधि उत्पादन एकाइ, कुटीस्वेदन यन्त्रलगायतको उद्घाटन र बिरामीलाई फलफूल वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा