2026-10-18 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पुर्व विद्यार्थीद्धारा ५० हजारका पुस्तक निशुल्क

प्रकाश धौलाकोटी/मङ्सिर २५, तेह्रथुम । पाँचथरको अमरपुर स्थित सिंहपुर पशुपति माविका एक पुर्व विद्यार्थीले करिब ५० हजार रुपैयाँ बराबरको पुस्तकहरु आज विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।

आफुले पढेको विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आओस् भन्ने ध्येयले अमरपुर–८ निवासी विद्यालयका पुर्व विद्यार्थी मदन भट्राईले विद्यालयलाई सो मुल्य बराबरका पाठ्यसामाग्री तथा पुस्तकहरु निशुल्क प्रदान गर्नुभएको हो ।

विद्यालयको प्रावि, निमावि र माविका विद्यार्थीहरुकालागि आवश्यक हुने सन्दर्भ सामाग्रीहरु, गेसपेपर, गाइड, अंग्रेजी व्याकरणका पुस्तकहरु, बालसाहित्य सम्बन्धी पुस्तकहरु, सामान्य ज्ञान र अन्य रोचक पुस्तकहरु गरी झन्डै पाँच सय थान बढी पुस्तकहरु विद्यालयका पुर्वविद्यार्थी भट्राईले आज निशुल्करुपमा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारीले जानकारी दिनुभयो ।
विद्यालयमा आफ्नै पुस्तकालय नहुँदा आफुले पनि समस्यै बेहोरेर पढियो, पुस्तक हस्तान्तरण पछि भट्राईले भन्नुभयो, अब पनि पुस्तक पढ्न नपाएरै विद्यार्थीले समस्या भोग्नुनपरोस् भन्ने ध्येयले मैले पुस्तक उपलब्ध गराएको हुँ ।

यही विद्यालयमा कक्षा ६ देखि एसएलसी सम्म अध्ययन गरेका भट्राई हाल अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ । दुर्गम र विकट बस्तीहरुबाट तीन घन्टासम्म धाएर विद्यार्थीहरु पढ्न आउने विद्यालयले श्रोतसाधन अभावमा हालसम्म आफ्नै पुस्तकालय बनाउन सकेको छैन ।

तर अब केही महिनाभित्रै विद्यालयमा भएका पुस्तक र भट्राईले दिएका पुस्तकहरुलाई व्यवस्थापन गरेर पुस्तकालय स्थापना गर्ने तयारी थालिएको प्रधानाध्यापक भण्डारीले टेलिफोनमा बताउनुभयो ।

यो विद्यालयमा ताप्लेजुङको नाङ्खोल्याङ आसपासका केही गाउँहरु र पाँचथर अमरपुरको ५, ६, ७, ८ र ९ नम्बर वडाका साढे पाँच सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु