2026-07-28 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले सन् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार बताएका छन् ।

वासिङ्टनले प्रस्ताव गरेको विश्वव्यापी ‘पारस्परिक’ करको एक हिस्साको रूपमा थाइल्याण्डले जुलाईसम्ममा कर कटौती गर्न सहमत नभएमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनईएसडीसी) को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको छ ।

यद्यपि, थाइल्याण्डले यस वर्षको वृद्धिको अनुमानलाई २.३ प्रतिशतदेखि ३.३ प्रतिशतबाट १.३ प्रतिशत र २.३ प्रतिशतको बीचमा झारेको छ ।
एनईएसडीसीका महासचिव दानुचा पिच्याननले सन् २०२५ मा पर्यटकको सङ्ख्यामा आउने अनुमानित गिरावटका साथै शुल्क अनिश्चिततालाई दोष दिएका छन् ।

“व्यापार वार्ता अझै सकिएको छैन र धेरै देशहरू छलफलका लागि लाइनमा बसेका छन्,” उहाँले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले व्यापार वार्ताको नतिजा नआउँदासम्म निजी क्षेत्रले लगानी गर्न ढिलाइ गरेकाले दोस्रो त्रैमासिकमा आर्थिक अवस्था सुस्त हुने सम्भावना रहेको बताउनुभयो ।

थाइल्याण्डले पनि सन् २०२५ मा चिनियाँ पर्यटकको आगमनको अनुमान तीन करोड ८० लाखबाट घटाएर तीन करोड ७० लाखमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ