पर्वत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राजनीतिक हस्तक्षेपककै कारण खस्कदो छ । राज्यले शिक्षा क्षेत्रमा लाखौको लगानी गरेता पनि बालुवामा पानी सरह हुनुको पहिलो कारण पनि सामुदायिक विद्यालयमा मौलाएको राजनीति नै हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राजनीतिक हस्तक्षेपककै कारण खस्कदो छ । राज्यले शिक्षा क्षेत्रमा लाखौको लगानी गरेता पनि बालुवामा पानी सरह हुनुको पहिलो कारण पनि सामुदायिक विद्यालयमा मौलाएको राजनीति नै हो ।
२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

विद्यालयनै बन्द गरी तीज मेला– विरेन्द्र मावि जहाँ भ्रष्टाचार काण्डदेखि सहायक कर्मचारीको दादागिरीसम्म

२०७४, ५ भाद्र सोमबार ०४:०३

पर्वत । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राजनीतिक हस्तक्षेपककै कारण खस्कदो छ । राज्यले शिक्षा क्षेत्रमा लाखौको लगानी गरेता पनि बालुवामा पानी सरह हुनुको पहिलो कारण पनि सामुदायिक विद्यालयमा मौलाएको राजनीति नै हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर हुनुको पछाडि शिक्षक, अभिभावक र स्वयंम विद्यार्थी पनि जिम्मेवार छन् । शिक्षकलाई राजनीति गर्नको लागि शिक्षा मन्त्रालयले निषेध गरेको छ तर पर्वतमा राजनीतिको झोला बोकेर हिड्न शिक्षकहरुको विगविगीनै छ ।

यो समय भनेको तीजको रौनकले गाँजेको समय हो । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिएसँगै विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम सहित मेला तथा महोत्सवको आयोजना भैराखेका छन् । सोही अनुसार दरखाने कार्यक्रमको पनि आयोजना भैराखेका छन् ।

विद्यालय भनेका शिक्षालय हुन् । जहाँ ज्ञान, सिप सिकिन्छ तर पर्वतमा सामुदायिक विद्यालयमा राजनीतिले जरो गाडेको छ । जसको शक्ति उसैको भक्ति भनेजस्तो यहाँ राजनीति शक्तिकै आडमा विद्यालयमा प्रअदेखि अध्यक्ष चयनसम्मका  कामहरु हुन्छन् । शिक्षक नियुक्ति गर्नको लागि पनि सोही प्रक्रिया अपनाइन्छ ।

संस्कृतिको जगर्ने गर्नु हाम्रो पनि कर्तव्य हो तर विद्यालयनै बन्द गरी संस्कृति बचाउने नाउमा कार्यक्रमको आयोजना गर्नु भने पक्कै राम्रो होइन । पकुवामा रहेको विरेन्द्र माविमा यतिबला ३ दिनसम्म विद्यालयनै बन्द गरी कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । कुश्मा नगरपालिका ११ पकुवामा रहेको उक्त विद्यालयका गत बर्षका प्रअलाई भष्टाचारको अभियोग समेत लागेको थियो ।

उक्त बिद्यालयमा लामो समयदेखि प्रअको बिवाद कामय रहेकोमा राजिनामा दिएका शिक्षक गणेशराज पौडेलले आफु प्रअ. भएको भन्दै पत्र काटेर क्लबलाई कार्यक्रम गर्नको लागि अनुमति दिएको बुझिएको छ ।

उनले बिद्यालय ब्यास्थापन समितिले बनाएका प्रअ हिरा बहादुर क्षेत्रीलाई बलजफ्ती शक्तीको प्रयोग गरेर आफू सो कुर्सीमा बसी बिद्यलायको बैठकका लागि पत्र काटेका बुझिएको छ ।

क्लबले विद्रयालयकै सहमतिमा कार्यक्रमकाे अायाेजना गर्न लागेकाे जनाएकाे छ ।

विद्यालयको भविष्यमाथि खेलवाड गर्ने मनासयले एकाएक विद्यालयनै बन्द गरी कार्यक्रम संचालन गर्न खाजेपछि स्थानीयहरुले दुखेसो पोख्न थालेका छन् । पकुवा युवा क्लबको आयोजनामा विद्यालयको पं्रराङ्गणमा हुन लागेको तिज मेला अयन्त्र सार्नको लागि समेत दबाब आउन थालेको छ ।

कुनपा ११ पकुवाका वडा अध्यक्ष शिव पौडेलले बिद्यालयमा प्रधानाध्यापक नै नभएको अबस्थामा राजीनामा दिएको मानिसले कार्यवहाक भन्दै पत्र काटेर बिद्यलायलाई भताभुंग पार्न खोजेको आरोप लगाए । 

शान्तिका क्षेत्रकमा रुपमा रहेको विद्यालयमा विद्यालयको प्रशासनको अनुमति लिने नाउमा प्रधानाध्यापक नभएको मौका पारी कार्यक्रम संचालन गर्ने योजना बनाई विद्यालयनै बन्द गराउन खोज्नु विद्यालयलाई धरासायी बनाउन खोज्ने प्रयास हो उनले भने ।

यता जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने बिद्यालयलाई प्रयोग गरेर यस्ता खालका कार्यक्रमहरु गर्न नपाईने र त्यस बिषयमा आफुलाई कार्यक्रम नगर्न निर्देशन दिने बताए ।

कार्यालय सहायक आफै डाक्टर आफै झाँक्री 

सोही विद्यालयका कार्यालय सहायकले प्राविधिक शिक्षातर्फ जेटिएको प्रश्नपत्र सिटिभिटिबाट आएको भन्दै आफै बनाउने र परीक्षा अगावै वितरण गर्ने खुलेको थियो । केहि सात अगाडि सो विद्यालयका कार्यालय सहायक गणेश पौडेलले यस्तो हर्कत गरेका थिए । 

आफ्ना दाजु कुनपा ११ पकुवाकै वडा अध्यक्ष भएको उनमा दम्भ भएकै कारण आफुलाई कसैले केहि गर्न नसक्ने दम्भ देखाएर त्यस्तो हर्क गरेको हुनुपर्ने धेरैको आंकलन छ ।  आफै डाक्टर आफै झाँक्री हुने प्रविधि रहेता पनि जिल्ला शिक्षा कार्यालयले उनीमाथि कारवाही गर्न सकेको छैन । राजनीतिक दबाबका कारण उनीमाथि अझै कारवाही भएको छैन । उनी एमाले निकट हुन् ।

आफै प्रश्न पत्र बनाउने र आफै आउट गर्ने गरेता पनि उनीमाथि कारवाही हुन सकेको छैन । जिल्ला शिक्षा कार्यालयले प्रश्न पत्र आफै बनाएर परीक्षा लिएता पनि दादागिरी देखाउने सहायकमाथि कुनै कारवाही हुन सकेको छैन । उनीमाथि वडा अध्यक्ष र सिंगो एमाले संरक्षणमा लागेको हुन सक्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी