पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 

2026-09-19 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिलन महिला समुहको १६ बर्ष पुरा, अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्विरोध

पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 


अबिधेशनले राजकुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ जसको उपाध्यक्षमा सिता श्रेष्ठ सचिबमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छिन् ।

 सदस्यहरुमा देवी श्रेष्ठ, सिता सुवेदी, जमुना प्रधान, चम्पा श्रेष्ठ, सिता शर्मा, रत्न श्रेष्ठ रहेका छन् ।


यस अघि कार्यक्रमको उद्यघाटन गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशिले महिलाहरु एक ठाउँमा आबद्ध भएर महिलाहरुले मात्र सञ्चालनमा ल्याएको महिला समुहको साधारण सभा तथा अबिधेशनको कार्यकालको सफलताको शुभकामना दिदै आगामि दिनमा पनि    यसैगरी समुह अगाडि बढाउन आग्रह गर्नुभयो । उहाले पछिल्लो समयमा महिलाहरु पनि देश निमार्णको उच्च ओहोदामा पुगिसकेको भन्दै महिलाहरु एकजुट भएर अगाडि बढ्न सके पक्कै पनि सफलताको शिखर चुम्न सक्ने बताइन ।

कार्यक्रमकै अबसरमा जेष्ठ नागरीकलाई समेत सम्मान गरिएको थियो । २०५७ सालमा स्थापना भएको पर्बत मिलन महिला समुहले बिभिन्न उदाहरणिय कार्यहरु समेत गर्दै आएको छ ।


कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्र गिरी, वडा नम्बर ५ का अध्यक्ष चित्रकला भारती,महिला मानबअधिकार रक्षककी अध्यक्ष सिता केसि, वडा नागरिक मञ्चकी अध्यक्ष सरु       भण्डारी, संस्थापक सललाहाकार बिष्णु नेवार लगायतले महिलाहरुले अहिले सम्म गरेका कामको प्रशसा गर्दै अझै उदारणिय काम गर्न सुझाब दिएका थिए ।


पर्बत मिलन महिला समुहको अध्यक्ष बुद्धि कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत सिता श्रेष्ठ तथा सञ्चालन पर्बत मिलन महिला समुहकी सचिब लक्ष्मी श्रेष्ठले गरेकि थिइन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा