2026-09-26 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यातायात र ऊर्जा क्षेत्रमा उच्च प्राथमिकतासहित बङ्गलादेशको विकास कार्यक्रम स्वीकृत

बङ्गलादेश सरकारको उच्च आर्थिक नीतिनिर्माण निकायले आगामी आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जूनसम्म का लागि २.३ ट्रिलियन टाका (करिब १९ अर्ब अमेरिकी डलर) बराबरको वार्षिक विकास कार्यक्रम (एडीपी) स्वीकृत गरेको छ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२४–२५ को संशोधित एडीपीभन्दा ६.५८ प्रतिशतले बढी हो।

नयाँ एडीपी आइतवार अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष मुहम्मद युनुसको अध्यक्षतामा बसेको बैठकमा स्वीकृत गरिएको हो।

बैठकपछि योजना सल्लाहकार वाहिदुद्दिन महमुदले पत्रकारहरूसँग कुरा गर्दै जानकारी गराए अनुसार आगामी आर्थिक वर्षको एडीपीमा समावेश २.३ ट्रिलियन टाकामध्ये १.४४ ट्रिलियन टाका आन्तरिक स्रोतबाट जुटाइनेछ भने बाँकी ८६० अर्ब टाका विदेशी परियोजना सहायता स्वरूप प्राप्त गरिनेछ।

यस एडीपीमा यातायात, सञ्चार, ऊर्जा तथा विद्युत् क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। साथै, सार्वजनिक कोषको दुरुपयोग रोक्दै त्यसको अधिकतम उपयोग सुनिश्चित गर्ने कुरामा पनि जोड दिइएको छ।

आगामी वर्ष कार्यान्वयनका लागि कुल एक हजार१४३ परियोजनाहरू समावेश गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह