Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही जिल्ला अस्पतालबाटै मोटरसाइकल गायब

२०७४, ५ भाद्र सोमबार १६:११

सरोज यादव | भदौ ५, सर्लाही | जिल्ला अस्पताल सर्लाहीमा कामका लागि आएका एक सेवाग्राहीको मोटरसाइकल चोरी भएको छ । अस्पताल परिसरमै पार्किङ गरी राखिएको भेल्ही – ९ निवासी सकल देव ठाकुरको बि.आर. ३० डि ८५८० नम्बरको रातो कलरको स्पलेन्डर मोटरसाइकल चोरी भएको हो ।

मोटरसाईकल अस्पतालकै परिसरमा पार्किङ गरि एक आफन्तको पोस्ट मार्टम गर्न ल्याएका ठाकुरको मोटरसाईकल चोरी भएको हो । सोमबार साझ ६ बजे को समयमा अस्पतालमा त्यति भिड भाड नभएको बेला मौका छोपेर मोटरसाईकल चोरले चोरी गरेको आशंका पिडित ठाकुरले गरेको छ ।

जिल्ला अस्पतालको काम सकेर उनी घर जान पार्किङ गरेको ठाउँमा मोटरसाईकल खोज्दा फेला नपरेपछि स्थानीय प्रहरीमा खबर गरेको बताए । यो समाचार तयार पार्दा सम्म उनको मोटरसाईकल फेला परेको थिएन् । सदरमुकाम मलङ्वाको बिच चौक बाल मन्दिर चौकमा रहेको जिल्ला अस्पताल परिसरबाट मोटरसाईकल चोरी हुनुलाई सर्लाहीको शान्ति सुरक्षासँग जोडेर हेर्न सकिन्छ । 

यसले सर्लाही सदरमुकामको शान्ति सुरक्षा कमजोर भएको स्थानीयहरुको आरोप रहेको छ । चोरहरुले सहजै बजारबाट दिनदहाडै चोरी गर्न सफल हुनुले स्थानीय प्रशासनको कमजोर र सुस्त कार्यशैली रहेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ