सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ प्रहरी प्रमुख दुर्गाको प्रहरी माथी एक्सन बिना रसिद असुलेको ७ सय सहित ट्राफिक प्रहरी जवान पक्राउ

५ भाद्र २०७४, सोमबार १९:४१

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालक सँग बिना रसिद असुलेको ७ सय रुपैयाँ सहित जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा चन्दले नियन्त्रणमा लिएका हुन् ।

घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवरले एउटा ट्रक सँग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालक सँग लाईसेन्स नभएको भन्दै ५ सय रुपैयाँ असुलेको पाईएको छ । जरिवना भन्दै बिना रसिद रकम असुलेको आफुलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिईन ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको पाईएको र उनलाई कार्वाहीका लागि निलम्वन गरिएको एसपी सिंहले बताईन । ६ महिनालाई निलम्बन गरिएको र सो अबधीमा आबस्यक बिभागिय छानविन हुने र त्यस पछि कार्वाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ । सोमबार बिहान ६ बजे देखी १० बजे सम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर आज पहिलो पटक बाहिरी डिउटीमा खटिएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली