सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी "/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ प्रहरी प्रमुख दुर्गाको प्रहरी माथी एक्सन बिना रसिद असुलेको ७ सय सहित ट्राफिक प्रहरी जवान पक्राउ

२०७४, ५ भाद्र सोमबार १९:४१

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिएकी छिन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालक सँग बिना रसिद असुलेको ७ सय रुपैयाँ सहित जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा चन्दले नियन्त्रणमा लिएका हुन् ।

घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवरले एउटा ट्रक सँग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालक सँग लाईसेन्स नभएको भन्दै ५ सय रुपैयाँ असुलेको पाईएको छ । जरिवना भन्दै बिना रसिद रकम असुलेको आफुलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिईन ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको पाईएको र उनलाई कार्वाहीका लागि निलम्वन गरिएको एसपी सिंहले बताईन । ६ महिनालाई निलम्बन गरिएको र सो अबधीमा आबस्यक बिभागिय छानविन हुने र त्यस पछि कार्वाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ । सोमबार बिहान ६ बजे देखी १० बजे सम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर आज पहिलो पटक बाहिरी डिउटीमा खटिएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै