2026-11-12 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने

भारतले मङ्गलबार छिमेकी पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने बताएको छ । भारतले केही हप्ताअघि आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच दशकौँदेखिको सबैभन्दा गम्भीर सङ्घर्षपछि छोटो समयका लागि उक्त समारोह रोकेको थियो ।

भारत प्रशासित काश्मीरमा अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणबाट सुरु भएको लडाइँमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो । पर्यटकहरूमाथि भएको आक्रमणलाई नयाँदिल्लीले इस्लामाबादले समर्थन गरेको आरोप लगाएको थियो । पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गरेको थियो ।

भारतको सीमा सुरक्षा बलले मङ्गलबार मिडियाका लागि र बुधबार उत्तरी राज्य पञ्जाबको अटारी–वाघा भूमि सीमामा आम जनताका लागि सूर्यास्त समारोह खुला हुने बताएको छ ।

पाकिस्तानले आफूले कहिल्यै समारोह नरोकेको र आफ्ना सैनिकहरू सीमाको आफ्नो तर्फ एक्लै मार्च गरिरहेको बताएको छ ।

यद्यपि यो समारोह भूमि सीमा बन्द गर्नेसहित पाकिस्तानविरुद्ध अझै पनि कूटनीतिक उपायहरू सहित एक कम प्रचारपूर्ण हुने अपेक्षा गरिएको छ ।

वर्षौंदेखि अटारी–वाघा सीमामा हुने समारोह लोकप्रिय पर्यटकीय आकर्षण बनेको छ ।

दुवै तर्फका अवलोकनकर्ताहरू हाँस–पाइला चाल्दै छाती फुलाउने नाटकीय प्रदर्शनमा सैनिकहरूलाई प्रोत्साहन दिन आउँछन् ।

यो सीमा सन् १९४७ मा ब्रिटिस शासनको हिंसात्मक अन्त्यमा औपनिवेशिक सिर्जना थियो जसले उपमहाद्वीपलाई हिन्दू–बहुल भारत र मुस्लिम–बहुल पाकिस्तानमा विभाजित गरेको थियो ।

दैनिक सीमा अनुष्ठान धेरै हदसम्म दशकौँदेखि कायम छ तथा असङ्ख्य कूटनीतिक उथलपुथल र सैन्य झडपहरूबाट बच्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने