2026-11-29 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कर्णालीमा प्रभावकारी बन्दै ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम

काठमाडौँ | प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म कर्णालीका एक हजार ३१ छोरी–बुहारीले अध्ययनको अवसर पाएका छन् ।

“छोरी भएर गाउँमा जन्मिनु आफैँमा चुनौती थियो, तर प्राविधिक शिक्षा पढ्छु भन्ने सपना देख्नु अझ ठूलो साहसको कुरा थियो”, सिम्ता गाउँपालिका–४ वजेडीचौरकी आश्मा केसी भन्नुहुन्छ । उहाँ अहिले अमर ज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा जियोमेटिक्स इन्जिनियरिङको छैटौँ सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । घरको आर्थिक अवस्था ठीक भए पनि उहाँलाई पढाइमा आउने खर्च व्यवस्थित गर्न भनेको समयमा समस्या नै थियो ।

“मध्यम वर्गीय परिवारको भए पनि प्राविधिक शिक्षा महँगो छ”, आश्मा भन्नुहुन्छ, “छात्रवृत्तिको जानकारी पाएपछि आवेदन दिएँ र छनोटमा परेँ, त्यसले मेरो पढाइ सहज बनाइदियो, आत्मबल बढ्यो, पढाइप्रतिको भरोसा अझ गहिरियो ।” उहाँको अनुभवमा, सरकारले छोरीहरूलाई पढाउने नीति लिएको महसुस हुँदा समाजले पनि सकारात्मक दृष्टिकोण राख्न थालेको छ । “छात्रवृत्तिले मलाई मात्र होइन, मेरो परिवारलाई पनि हौसला दिएको छ, हामीजस्ता छोरीलाई शिक्षा हासिल गर्नका लागि सरकारले ढोका खोलेको अनुभूति भएको छ”, उहाँले भन्नुभयो ।

यस्तै वीरेन्द्रनगर–७ इत्रामकी पूर्णाकुमारी खड्काको जीवनमा शिक्षाको महत्व गहिरो थियो, तर आर्थिक अभावले उहाँको त्यो सपना पटक–पटक रोकिएको थियो । विवाहपछि बुहारी र आमा भइसकेपछि उहाँले पढाइलाई केही समय रोक्नुप¥यो । जिम्मेवारी बढ्दै गए पनि उहाँको मनभित्र पढ्ने चाहना भने कहिल्यै मरेन । “म सानैदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने सपना देख्थेँ”, उहाँ भन्नुहुन्छ, “तर घरको आर्थिक अवस्था कमजोर थियो, विवाहपछि त झन् पढ्ने आश नै मरेजस्तो भएको थियो ।”

पूर्णाले हार मान्नुभएन । जसोतसो केही आर्थिक स्रोत जुटाएर फार्मेसी पढ्न उहाँले हिम्मत गर्नुभयो । पढाइको बीचमा नै खर्च थेग्न गाह्रो हुँदै गयो । कलेजको मासिक शुल्क तिर्न नसकेर पढाइ रोक्नुपर्ने अवस्थामा समेत पुगेको उहाँ बताउनुहुन्छ । पहिलो समेस्टर पढ्न जेनतेन पुगेको शुल्क दोस्रो सेमेस्टरमा नपुग्ने भएपछि पढाइ कसरी अगाडि बढाउने भन्ने कुराले उहाँलाई तनाव थियो ।

“त्यही बेला मलाई छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबारे थाहा भयो”, उहाँ भन्नुहुन्छ, “मैले आवेदन दिएँ र छनोटमा परेँ, त्यो क्षण मेरो लागि अवसरको ढोका जस्तै थियो, छात्रवृत्तिले मेरो पढाइमा एउटा इँटा थप्ने काम ग¥यो, जसले मेरो सपना ढल्नबाट जोगायो ।” पूर्णाले अहिले योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान केन्द्र वीरेन्द्रनगर–७ इत्राममा तीन वर्षे फार्मेसी अध्ययन गर्दै हुनुहुन्छ ।

“मलाई फार्मेसी पढ्ने धेरै मन थियो, तर खर्च थेग्न सक्ने स्थिति थिएन”, पूर्णाले भन्नुभयो, “छात्रवृत्ति नपाएको भए म कतिसम्म अगाडि बढ्थेँ थाहा छैन, आज म कक्षा कोठामा छु, प्रयोगशालामा छु, औषधिको बारेमा सिक्दैछु, यो सम्भव भयो किनकि सरकारले हाम्रो सम्भावनालाई देख्यो ।”

उहाँले हामीजस्ता बुहारीका लागि यो छात्रवृत्ति केवल राहतमात्र नभइ हौसला पनि भएको बताउनुभयो । “यसले हामीलाई अवसर मात्रै होइन, अगाडि बढ्ने बाटो देखाइदिएको छ, प्रदेश सरकारले हामीलाई गम्भीरतासाथ हेरिरहेको महसुस भएको छ, जुन हाम्रा लागि निकै महत्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो । उहाँले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहायता मात्र नभइ कर्णालीका छोरी बुहारी, लोपोउन्नमुख, दलित र अपाङ्गता भएकाहरूको सपना साकार पार्ने, आत्मबल जगाउने र आत्मनिर्भरता निर्माण गर्ने शक्तिशाली माध्यम बनेको बताउनुभयो ।

आश्मा र पूर्णाको जस्तै प्रदेशको छात्रवृत्ति कार्यक्रमले दोस्रो अवसर खोजिरहेका कर्णालीका छोरी–बुहारीको जीवनमा शिक्षा पुनः सुरू गर्ने ढोका खोलिदिएको छ । उहाँहरू मात्रै होइन छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमबाट प्रदेशका १० जिल्लाका एक हजार ३१ छोरी बुहारी लाभान्वित भएको प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालय र यस मातहतका सामाजिक विकास कार्यालयमार्फत यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दिपा हमालले प्रत्येक वर्ष दिइने छात्रवृत्तिबाट प्रदेशका दशवटै जिल्लाका छात्रा लाभान्वित भएको बताउनुभयो । प्राविधिक शिक्षामा छोरी–बुहारीको सहभागिता बढाउन, छोरी–बुहारीलाई आत्मनिर्भर बनाउन र प्रदेशमा सीपयुक्त जनशक्तिको अभावलाई कम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा कार्यविधिअनुसार सञ्चालन हुँदै आएको छ ।

निर्देशक हमालका अनुसार छनोट भएकालाई अध्ययन अवधिभर सरकारले एक पटकमा रु ५० हजार दिने गरेको छ । “हामीले यो कार्यक्रमको प्रभावकारितामाथि अध्ययन गरेर प्रतिवेदनसमेत तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “छात्रवृत्ति पाएका छोरी–बुहारी रोजगारीमा संलग्न छन्, प्राविधिक शिक्षा भएकाले कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था छैन ।”

हाल कर्णालीका नौ जिल्लाबाट १०–१० जना र सुर्खेतबाट २० जना छोरी–बुहारीले प्रत्येक वर्ष छात्रवृत्ति पाइरहेका छन् । कार्यविधिअनुसार छात्रवृत्ति रकम रु २४ हजारदेखि रु एक लाखसम्म दिने गरिएको छ । छात्रवृत्ति जिल्लाको जनसङ्ख्या र भूगोलको आधारमा कोटा निर्धारण गरिएको बताउँदै निर्देशक हमालले भन्नुभयो, “सरकारको आर्थिक क्षमताले भ्याएसम्म यो रकम वृद्धि गरी सबै इच्छुक छोरी–बुहारीलाई समेट्न सके कार्यक्रमको उद्देश्य अझ प्रभावकारीरूपमा पुरा हुने थियो ।”

प्रदेश सरकारले सुरूको आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेकामा रु एक करोड ३२ लाख ८८ हजार खर्च भएको थियो । उक्त आर्थिक वर्षमा १५० छोरी र बुुहारी छात्रवृत्तिमा समेटिएका थिए ।

निर्देशनालयका अनुसार त्यसको पछिल्लो आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशभर ११० छोरी र बुुहारीले छात्रवृत्ति पाए । सो आर्थिक वर्षमा सरकारले रु एक करोड बजेट छुट्याएको थियो । त्यसमध्ये रु ७६ लाख १६ हजार ८०० कार्यान्वयन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा १४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष रु एक करोड ३० लाख ७१ हजार बजेट छात्रवृत्तिमा खर्च गरिएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा २४१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । उक्त वर्ष रु एक करोड २५ लाख रकम छुट्याइएको थियो । आव २०७९÷८० मा १८६ जना र आव २०८०÷८१ मा १८६ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । यस आवमा भने रु तीन करोड सात लाख सात हजार ६०० छात्रवृत्तिमा खर्च भएको थियो ।

हरेक वर्ष सञ्चालन भइरहेको कार्यक्रमले यस पटक पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को छात्रवृत्ति रकम पनि वितरण भइसकेको प्रशासन, योजना तथा अनुगमन शाखाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले सुर्खेतमा २० जनाको कोटा भए पनि आवेदन १९ जनाको आएको जानकारी दिनुभयो । उहाँका अनुसार १९ जनामध्ये पनि दुई जनाले पहिला नै छात्रवृत्ति पाइसकेको हुनाले यस वर्ष सुर्खेतका १७ छोरी बुहारीले मात्र छात्रवृत्ति प्राप्त गरेका छन् । यस वर्ष सुर्खेतमा मात्र रु १५ लाख ४६ हजार छात्रवृत्तिमा खर्च भइसकेको छ । अन्य जिल्लाको विवरण संकलन गर्ने काम भइरहेको अधिकृत पाण्डेले बताउनुभयो ।

कार्यक्रम लागु भएदेखि हालसम्म छात्रवृत्ति पाउनेमा उच्च शिक्षा प्राविधिक तर्फ २०८, सिमान्तकृत तर्फ छ जना, उच्च शिक्षा अपाङ्गता तर्फ १४५ र उच्च शिक्षा दलित तर्फ २४६, आन्दोलन र जनयुद्धका सहिदका लागि उच्च शिक्षा छात्रवृत्ति पाँच तथा जेहेन्दार छात्रवृत्ति २० जनाले पाप्त गरेका छन् । सरकारले प्राविधिक उच्च शिक्षा अन्र्तगत छोरी बुहारी छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा शहीद भएका सन्ततिका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले माग्यो सरकारसँग जवाफ सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ झारफुकका नाममा १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय खसीको मासु भन्दै बाख्रीको मासु बेच्न खोजेको आरोपमा टुकुचाबाट ८ जना पक्राउ गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने प्रदीप पौडेलको आग्रह: पार्टी एकताबद्ध बनाउँदै जनताका मुद्दामा कांग्रेस अगाडि बढ्नुपर्छ कांग्रेस महाधिवेशन: देउवा समूहबाट महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा रवि लामिछानेको प्रतिबद्धता: रास्वपालाई मत नदिए पनि कर्णालीको विकास गर्छौं नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई