Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

२०८२, ८ जेष्ठ बुधबार ११:५२

चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् ।

टाकु इटोले सप्ताहन्तमा एउटा भेलालाई भन्नुभएको थियो, “मैले आफैँ कहिल्यै चामल किनेकोे छैन किनभने मेरा समर्थकहरूले मलाई यति धेरै दान गरे कि म यसलाई व्यावहारिक रूपमा बेच्न सक्छु ।”

चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले जापानमा ठूलो असर पारेको छ । गत महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर थियो ।

कारकहरूमा सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गत वर्ष ‘मेगाक्वेक’ (ठूलो भूकम्प) चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धि समावेश छ ।

सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ ।

इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गर्नुभएको थियो ।

खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत रेटिङ भएका प्रधानमन्त्री सिगेरु इसिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गर्नुभयो ।

“अहिले चामलको बढ्दो मूल्यको समाधान गर्नु कृषिमन्त्रीको काम हो । म उहाँबाट समाधानको अपेक्षा गर्छु”, इसिबाले मङ्गलबार पत्रकारहरूलाई भन्नुभयो ।

विपक्षी दलहरूले इसिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएको बताइएको छ, जसले जुलाईमा माथिल्लो सदनको कठिन चुनावको सामना गर्दैछ ।

सोमबार इटोले आफूले अतिरञ्जित गरेको र आफ्नी श्रीमतीले सुधार गरेको भन्दै टिप्पणीहरू फिर्ता लिन खोज्नुभएको थियो ।

“उनले मलाई भनिन् कि जब हाम्रो दान गरिएको चामलको भण्डार समाप्त हुन्छ उनी चामल किन्न जान्छिन्”, इटोले भन्नुभयो, “यस्तो होइन कि हाम्रो परिवार पूर्ण रूपमा हामीलाई उपहार दिइएको चामलमा जीवन बिताइरहेको छ ।”

– धेरै कठोर शब्दहरू –

तर बुधबार बिहान इटोले पत्रकारहरूलाई प्रधानमन्त्रीको ‘धेरै कडा शब्दहरू’ पछि राजीनामा दिएको भन्दै आत्मसमर्पण गर्नुभयो ।

पछि इसिबाले माथिल्लो सदनको सत्रमा ‘कृषि नीतिले काम गर्न रोक्न सक्दैन भन्ने दृष्टिकोणबाट उहाँको राजीनामा स्वीकृत गरेको’ बताउनुभयो ।

“म जापानी जनतासँग माफी माग्छु किनकि मैले उहाँलाई नियुक्त गरेको मेरो जिम्मेवारी हो”, इसिबाले भन्नुभयो, “चामलको मूल्य उच्च रहिरहेको एक पटकको घटना होइन तर संरचनात्मक हो भन्ने मलाई लाग्छ । हामीले यसबारे पूर्ण छलफल गर्नुपर्छ र अवश्य पनि ती (चामलको मूल्य) घट्नुपर्छ ।”

इटोको उत्तराधिकारीका रूपमा इसिबाले मिडिया–प्रेमी पूर्ववातावरण मन्त्री एवं लोकप्रिय पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमीको नाम दिनुभयो ।

चवालिस वर्षीया कोइजुमीले ‘चामलको बढ्दो मूल्यबीच बलियो नेतृत्व’ प्रदर्शन गर्ने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

टोकियोको एउटा रेस्टुरेन्टमा काम गर्ने ६८ वर्षीया मतदाता क्योको सातोले इटोको टिप्पणीबाट ‘स्तब्ध र निराश’ भएको बताउनुभयो ।

“मेरा लागि घरमा आइतबारको खानाका लागि मसँग चामलको एउटा मात्र भाग छ । मलाई चामल किन्नु पर्छ तर चामलको मूल्य पहिलेभन्दा दोब्बर छ”, उहाँले भन्नुभयो, “म हप्ताको दिनमा रेस्टुरेन्टमा कामदारहरूका लागि खाना खाएर जीवित छु । म पेन्सनभोगी हुँ तर मेरो पेन्सनले मात्र पुग्दैन, त्यसैले मलाई काम गर्नु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश