Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • अर्थ/विकास
  • Global Security
  • Global Affairs
  • विश्व
  • सूचना प्रबिधि
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Categories
    • The Story
    • Market Mover
    • Global Dispatch
    • Innovation
    • EV Movement
  • Personalized
  • Personalized
  • Personalized
  • More
    • NewsLetter
    • History
    • My Saves
    • My Feed
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > कोशी प्रदेश > खोटाङ्ग - KTG > हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड
खोटाङ्ग - KTGपर्यटन मुख्य समाचार

हलेसी तुवाचुङका जनप्रतिनिधिद्वारा पर्यटन प्रवर्द्धनमा जोड

साझासवाल
Last updated: May 21, 2025 1:39 pm
By
साझासवाल
Share
6 Min Read
SHARE

काठमाडौँ | यहाँको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो तीनवर्षे कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् । जनताबाट निर्वाचित भएर कार्यभार सम्हालेको तीनवर्षे कार्यकाल पूरा भएको अवसरमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधिले मुख्य उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा जनताका आधारभूत मागलाई सम्बोधन गर्दै आगामी दिनमा पर्यटकीय गन्तव्यको संरक्षण र प्रवर्द्धनका आआयोजना बनाइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले तीनवर्षको अवधिमा ९२ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । नगरभित्रका ११ वटै वडामा निर्माण गरिएका सडकमध्ये दुई हजार ५०० मिटर ढलान तथा पाँच सय १२ किमी स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याइएको छ ।

नगरभित्रका आठ वटा वडाका पक्की कार्यालय निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । हलेसी तुवाचुङ–७ का वडाध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता गिरीले वडा नं ५ दुर्छिममा जग्गा विवादका कारण निर्माण सुरु नभएको जनाउँदै वडा नं ९ सल्ले र वडा नं ११ राजापानीमा भवन निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो ।

खानेपानी तथा सिँचाइका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरिएको कार्यक्रममा सार्वजनिक गरिएको वृत्तचित्रमा जानकारी दिइएको छ । खानेपानीअन्तर्गत लोचाखोला, सहरबोटे मुहान, जुकेखोला लिफ्टिङ आआआयोजना सञ्चालन गरिएको छभने बृहत् हलेसी लिफ्टिङ आआआयोजना निर्माण अन्तिम चरणमा पुगेको नगर कार्यालयले जनाएको छ ।

More Read

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु
कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला

सिँचाइ तथा पानीका मुहान रिचार्जका लागि नगरभित्र दुई सय ३० वटा पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको नगर प्रवक्ता गिरीले बताउनुभयो । घोपाटार माझीगाउँ सिँचाइ, दूधकोशी–हात्तीटार लिफ्ट सिँचाइ, टिमुरे लिफ्ट सिँचाइ, कुर्ले–रुपाटार सिँचाइलगायत २१ वटा आआआयोजना सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

“नगरभित्र सञ्चालित ९० वटा सामुदायिक तथा निजी विद्यालयमध्ये २६ मा नयाँ आरसिसी भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको छ । शैक्षिक क्षेत्रको गुणस्तर सुधार अभियानमा लागेको नगरले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पूर्ण रूपमा निःशुल्क शिक्षा लागू गरेको छ”, गिरीले भन्नुभयो ।

उहाँका अनुसार स्वास्थ्य क्षेत्रको सुधार तथा स्तरोन्नतिअन्तर्गत पाँच श्ययाको नगर आधारभूत अस्पताल सञ्चालन, ११ वटै वडामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा प्रवाह, नगर आधारभूत अस्पतालमा २४सैँ घण्टा सेवा, गरिब, दलित र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्सलगायत काम गरिएको छ । सङ्घीय सरकारको अनुदानमा निर्माण सुरु गरिएको १५ श्ययाको नगर आधारभूत अस्पताललाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

More Read

न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास
कर्णाली राजमार्ग अवरुद्ध

नगरवासीको जीविकोपार्जन कार्यक्रमअन्तर्गत कृषकलाई १०० वटा भैँसी वितरण, बाख्रा तथा सुँगुरको पाठा वितरण, सुन्तला, तरकारी, केरा र लिची पकेट क्षेत्र घोषणा गरेर प्रवर्द्धन सुरु गरिएको नगर प्रवक्ता गिरीले उल्लेख गर्नुभयो । उहाँका अनुसार ढाकाका कपडा तथा दुनाटपरी उद्योग, कृषि मार्ट सञ्चालन, रैथानेबाली प्रवर्द्धन, उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानलगायत कार्यक्रम सञ्चालन गरिएका छन् ।

पर्यटन प्रवर्द्धनअन्तर्गत हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम, बुङालुङ पार्क (ढुङ्गे बगैँचा उद्यान), मञ्जुश्री गुफा, सल्लेपोखरी, भुम्जुडाँडालगायत २६ वटा धार्मिकस्थलको स्तरोन्नति, होमस्टे (घरबास) सञ्चालन, पर्यटक गाइड (पथ प्रदर्शक) उत्पादनलगायत काम भएका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत बालिका बचत, स्वास्थ्य बिमा, विभिन्न जातजातिका लागि १४ वटा सामुदायिक भवन निर्माणलगायत कार्यक्रम सञ्चालनमा ल्याइएको नगरले जनाएको छ ।

सुशासनका क्षेत्रमा नगरले छुट्टै नीति बनाएर अधिकांश मुद्दामा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्दै आएको न्यायिक समितिका संयोजकसमेत रहनुभएका नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो ।

“जघन्य किसिमका बाहेक अधिकांश मुद्दा मेलमिलापको माध्यमबाट न्याय सम्पादन गर्ने अभ्यास गरिएको छ । यसमा दुवै पक्षको जित भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो, “सुशासनको पक्षमा कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ । पीडित र पीडक दुवै सन्तुष्ट छन् ।”

निर्वाचित भएर आएको तीनवर्षे कार्यकालमा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्न सफल भएको नगरप्रमुख विमला राईले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन गरी पाँच विषयलाई पहिलो प्राथमिकतामा राखेर सुधारका आआयोजनासहित काम गरिएको उहाँले जानकारी दिनुभयो ।

More Read

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​

“हामीले निर्वाचनको घोषणापत्रबमोजिम काम गरिरहेका छौँ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्ने आआयोजना बनाएका थियौँ । यीमध्ये अधिकांश आआयोजना पूरा भइसकेका छन्”, नगरप्रमुख राईले भन्नुभयो, “आगामी दिनको एउटै लक्ष्य भनेको पर्यटन विकास हुनेछ । नगरभित्र रहेका पर्यटकीय क्षेत्रको स्तरोन्नति गरिसकेका छौँ । यसलाई प्रवर्द्धन गरेर आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यसहित अघि बढेका छौँ ।”

नगरपालिकाका जनप्रतिनिधिले गरेका उपलब्धि सार्वजनिकीकरण तथा शैक्षिक सम्मेलन कार्यक्रमको औपचारिक उद्घाटन जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरूले हलेसी तुवाचुङ नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट भएको भन्दै प्रशंसा गरेका छन् ।

महिलाको नेतृत्वमा रहेको नगरपालिकाले बेरुजु फछ्र्योटमा समेत उल्लेख्य प्रगति गरेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दश स्थानीय तह रहेको जिल्लामा यो नगरपालिका जिल्लामा प्रथम तथा १३७ वटा स्थानीय तह रहेको कोशी प्रदेशमा तेस्रो र देशभरका ७५३ स्थानीय तहमा दशौँ स्थानमा सफल भएको छ ।

महालेखापरीक्षक कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनमा हलेसी तुवाचुङ नगरपालिकामा शून्य दशमलव १५ प्रतिशत मात्रै बेरुजु रहेको औँल्याइएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार यस नगरपालिकाको बेरुजु रु २३ लाख ६७ हजार देखिएको छ ।

नगरले आआआयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि, पत्रकारलगायतको सहभागिता थियो । कार्यक्रममा ‘सक्षम शिक्षक, स्तरीय शिक्षा परिस्कृत संस्कार, सार्वजनिक शिक्षा सवलीकरण हलेसी विकासको आधार’ भन्ने नारासहित शैक्षिक सम्मेलनसमेत आआआयोजना गरिएको थियो ।

Share This Article
Email Copy Link Print
Previous Article रातको १२बजे फोनगरेर हामी कहाँ बत्ती गयो भन्छन् : ऊर्जामन्त्री खड्का
Next Article काठमाडौँको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी
© Sajha Sabal Media - 2026. All Rights Reserved.