Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

मास हिस्टेरियाले विद्यार्थी हैरान, निको पार्न झाँक्री

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ६, धादिङ । सिद्धलेक गाउँपालिका-४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ।

केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए।

प्रधानाध्यापक थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उचार गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो, त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ।

विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिएकाले गाउँपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले मास हिस्टेरियाको रुपमा देखा परेको समस्या समाधान गर्नका लागि विद्यालय र घरको वातावरण राम्रो हुनुपर्ने बताए।

यस किसिमको समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुने उनको भनाइ छ। यो समस्या ‘कन्भर्सन डिसअर्डर'हो। उनले भने, 'विद्यार्थीलाई यस्तो समस्याबाट छुटकारा दिन विद्यालयले झाँक्रीसमेत लगाएको र केही दिनपछि पुनःविद्यालयमा झाँक्री लगाइने प्रधानाध्यापक थापाको भनाइ छ। रासस