३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृत्यु

८ जेष्ठ २०८२, बुधबार १४:४३

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भन्नुभयो, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।”

उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।”

एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्ने अधिकार नभएको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयो, “आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएको र थप केही व्यक्ति गम्भीर घाइते अवस्थामा रहेकाले यो सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।”

यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।

यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाउनुभयो । इस्लामाबादले भारतमाथि नियमित रूपमा बलोच पृथकतावादीसहित भूमिगत सङ्गठनहरूलाई समर्थन गरेर पाकिस्तानमा उग्रवादलाई बढावा दिएको आरोप लगाउने गरेको छ । हालैका वर्षहरूमा पाकिस्तानमा भूमिगत गिरोहहरूले आक्रमणहरूलाई तीव्र पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ुभारतीय संरक्षणमा सक्रिय आतङ्ककारीहरूले स्कूल बसमा निर्दाेष बालबालिकामाथि आक्रमण गर्नु उनीहरूको शत्रुताको स्पष्ट प्रमाण हो।

आणविक शक्ति सम्पन्न छिमेकीहरूले दशकौँपछिको सबैभन्दा गम्भीर द्वन्द्व अन्त्यका लागि युद्धविराम गरेको केही हप्तापछि भएको यस बम आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।

बलोच लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र यसले प्रायः सुरक्षा बलहरू विरुद्ध घातक आक्रमणहरू गर्दछ । इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरका साथै पाकिस्तानी तालिबानले पनि यस क्षेत्रमा भएका केही पछिल्ला आक्रमणहरूको जिम्मेवारी लिएको छ।

गत मार्चमा बीएलएले सयौँ यात्रु बोकेको रेल नियन्त्रणमा लिएपछि भएको झडपमा दर्जनौं लडाकू र सुरक्षा बलका सदस्यको मृत्यु भएको थियो ।

सन् २०१४ मा उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको सैनिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी १५० भन्दा बढी व्यक्तिको ज्यान लिएका थिए ।

यस भयानक आक्रमणपछि पाकिस्तानले सीमावर्ती क्षेत्रमा वर्षौदेखि फस्टाउँदै आएको उग्रवादविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली