भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको केब्स स्कूलमा खगोल विज्ञान सम्बन्धि अवलोकन सम्पन्न


भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्रम (प्लानेटोरियम) आयोजना गरेको छ । 

इज्मा मिडियाको प्राविधिक संयोजनमा स्कूलमा अत्याधुनिक थ्रीडि प्रविधिको प्रयोग गरी दिउँसै तारामण्डल, सौर्य प्रणाली, सूर्य चन्द्र ग्रहण आदिको अवलोकन गराइएको थियो ।

जिल्लामै पहिलोपटक आयोजना गरिएको सो कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, स्थानिय पत्रकार, छिमेकी स्कूलका शिक्षकहरु लगायतलाई सो प्लानेटोरियमको अवलोकन गराइएको थियो । 

विद्यार्थीको सिकाईलाई कक्षाकोठा र पुस्तकमा मात्र सिमित नराखी प्रयोगात्मक, सिर्जनशिल र खोजमुलक प्राविधिक शिक्षा दिने अभियानमा स्कूल लागिपरेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो । 

स्कूलले विल्कुलै नयाँ र अत्यन्त प्रभावकारी प्रयोगात्मक कार्यक्रम गरेकोमा अभिभावक र विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । सो अवलोकन कार्यक्रमको रिपोर्ट न्युज 24 टिभि र अरनिको टिभिमा समेत प्रशारण हुने बताइएको छ । 

गत महिना पनि केब्स स्कूलले ३ दिने भौतिक विज्ञान कार्यशाला तथा प्रदर्शनी आयोजना गरी कक्षा ८, ९ र १० का विद्यार्थीहरुद्वारा निर्मित विभिन्न आकर्षक विज्ञान सामग्रीहरुको प्रदर्शनी गरेको थियो । 

विद्यार्थीहरुले सो कार्यशालामा सिकेको वैज्ञानिक ज्ञानलाई प्रयोग गर्दै स्थानिय स्रोत साधनको समेत प्रयोग गरेर हावाबाट विजुली निकाल्ने यन्त्र, पानीजहाज, बिना व्याट्री चल्ने कार, भ्याकुम क्लीनर, पानी छर्ने मेसिन र जेनेरेटर लगायतका दर्जनौँ सामग्रीहरुको निर्माण र प्रदर्शनी गर्दा अवलोकनकर्ताहरु चकित परेका थिए । स्कूलको अबको धेय शैक्षिक गुणस्तरलाई उत्कृष्ट बनाउने  रहेको स्कूल संचालक समितिका अध्यक्ष श्याम थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई