भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको केब्स स्कूलमा खगोल विज्ञान सम्बन्धि अवलोकन सम्पन्न

७ भाद्र २०७४, बुधबार ०३:४९


भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्रम (प्लानेटोरियम) आयोजना गरेको छ । 

इज्मा मिडियाको प्राविधिक संयोजनमा स्कूलमा अत्याधुनिक थ्रीडि प्रविधिको प्रयोग गरी दिउँसै तारामण्डल, सौर्य प्रणाली, सूर्य चन्द्र ग्रहण आदिको अवलोकन गराइएको थियो ।

जिल्लामै पहिलोपटक आयोजना गरिएको सो कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, स्थानिय पत्रकार, छिमेकी स्कूलका शिक्षकहरु लगायतलाई सो प्लानेटोरियमको अवलोकन गराइएको थियो । 

विद्यार्थीको सिकाईलाई कक्षाकोठा र पुस्तकमा मात्र सिमित नराखी प्रयोगात्मक, सिर्जनशिल र खोजमुलक प्राविधिक शिक्षा दिने अभियानमा स्कूल लागिपरेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो । 

स्कूलले विल्कुलै नयाँ र अत्यन्त प्रभावकारी प्रयोगात्मक कार्यक्रम गरेकोमा अभिभावक र विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । सो अवलोकन कार्यक्रमको रिपोर्ट न्युज 24 टिभि र अरनिको टिभिमा समेत प्रशारण हुने बताइएको छ । 

गत महिना पनि केब्स स्कूलले ३ दिने भौतिक विज्ञान कार्यशाला तथा प्रदर्शनी आयोजना गरी कक्षा ८, ९ र १० का विद्यार्थीहरुद्वारा निर्मित विभिन्न आकर्षक विज्ञान सामग्रीहरुको प्रदर्शनी गरेको थियो । 


विद्यार्थीहरुले सो कार्यशालामा सिकेको वैज्ञानिक ज्ञानलाई प्रयोग गर्दै स्थानिय स्रोत साधनको समेत प्रयोग गरेर हावाबाट विजुली निकाल्ने यन्त्र, पानीजहाज, बिना व्याट्री चल्ने कार, भ्याकुम क्लीनर, पानी छर्ने मेसिन र जेनेरेटर लगायतका दर्जनौँ सामग्रीहरुको निर्माण र प्रदर्शनी गर्दा अवलोकनकर्ताहरु चकित परेका थिए । स्कूलको अबको धेय शैक्षिक गुणस्तरलाई उत्कृष्ट बनाउने  रहेको स्कूल संचालक समितिका अध्यक्ष श्याम थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु