Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ०७ गते, बिहान ७:१८ बजे
प्युठान - PTN

सरुमारानिको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा सम्पादित योजना तथा कार्यक्रमहरु बारे समिक्षा गरिएको हो।मंगलवार जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरुको बार्षिक समिक्षा सकिएको छ । 

दुई दिने गाउंपालिका स्तरिय बार्षिक समिक्षा कार्यक्रममा गाउंपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाउदै यो क्षेत्र स्वास्थ्यका हिसावले संबेदनशिल क्षेत्र भएका कारण  विशेष सहयोगी भुमिका निर्बाह गर्नका लागि  स्वास्थयकर्मिहरुलाइ आग्रह गरे ।

समिक्षा कार्यक्रममा बोल्दै कार्यकारिणी अधिकृत सारदा रजौरेले स्थानिय निकायले नै स्वास्थ्यको जिम्मा लिनुपर्ने भएकाले यसै समिक्षा गोष्ठिमा पहिचान भएका स्वास्थ्य समस्या र बनाइएका कार्ययोजना अनुसारको संशोधन गर्नमा उचित पहल गर्ने बताइन।दुई दिन सम्म संचालन भएको गोष्ठिमा स्वास्थ्य संयोजक हिरण्यराज शर्माले आर्थिक बर्ष २०७४:७५ का लागि पेश भएका र स्वीकृत गरिएका स्वास्थ्य कार्यक्रम बारे जानकारी दिएका थिए।कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न  भएका कार्यक्रम केन्द्रीत छलफल,विभिन्न सुचकहरु माथी टिप्पणि, कार्यक्रमको प्रगतीहरुको बारेमा बृहत् छलफल समेत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदिले जानकारी दिए।स्वास्थ्य गाउंपालिका बनाउन सबै जनप्रतिनिधी अग्रसर हुनुपर्ने सुबेदिको भनाइ थियो ।

संघिय संरचना अनुसार जिल्लामा यश बर्ष स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यक्रमका बारेमा  बार्षिक समिक्षा कार्यक्रम जिल्लाका नौ वटै  स्थानियतहमा गर्न लागिएको जिल्ला स्वास्थय कार्यालयका सुपरिबेक्षक डोर बहादुर वस्नेतले जानकारी दिए।भाद्र दोस्रो साता सम्ममा जिल्लाका सबै स्थानिय तहमा बार्षिक समिक्षा सम्पन्न गरिसक्ने जिल्ला स्वास्थ्य कार्यालयको योजना छ।कार्यालयका अनुसार अहिले सम्म सरुमारानी सहित जिल्लाको ऐरावती,झिमृक र गौमुखी गाउंपालिकाको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न भइसकेको छ।