प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सरुमारानिको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न

७ भाद्र २०७४, बुधबार ०७:१८

प्युठान समाचारदाता | भदौ ७, प्युठान | जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहातका विभिन्न स्वास्थ्य संस्थाहरुमा  बार्षिक समिक्षा संचालन गरेको छ ।आर्थिक बर्ष २०७३:७४ मा सम्पादित योजना तथा कार्यक्रमहरु बारे समिक्षा गरिएको हो।मंगलवार जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गतका स्वास्थ्यसंस्थाहरुको बार्षिक समिक्षा सकिएको छ । 

दुई दिने गाउंपालिका स्तरिय बार्षिक समिक्षा कार्यक्रममा गाउंपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाउदै यो क्षेत्र स्वास्थ्यका हिसावले संबेदनशिल क्षेत्र भएका कारण  विशेष सहयोगी भुमिका निर्बाह गर्नका लागि  स्वास्थयकर्मिहरुलाइ आग्रह गरे ।

समिक्षा कार्यक्रममा बोल्दै कार्यकारिणी अधिकृत सारदा रजौरेले स्थानिय निकायले नै स्वास्थ्यको जिम्मा लिनुपर्ने भएकाले यसै समिक्षा गोष्ठिमा पहिचान भएका स्वास्थ्य समस्या र बनाइएका कार्ययोजना अनुसारको संशोधन गर्नमा उचित पहल गर्ने बताइन।दुई दिन सम्म संचालन भएको गोष्ठिमा स्वास्थ्य संयोजक हिरण्यराज शर्माले आर्थिक बर्ष २०७४:७५ का लागि पेश भएका र स्वीकृत गरिएका स्वास्थ्य कार्यक्रम बारे जानकारी दिएका थिए।कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न  भएका कार्यक्रम केन्द्रीत छलफल,विभिन्न सुचकहरु माथी टिप्पणि, कार्यक्रमको प्रगतीहरुको बारेमा बृहत् छलफल समेत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विशाल सुवेदिले जानकारी दिए।स्वास्थ्य गाउंपालिका बनाउन सबै जनप्रतिनिधी अग्रसर हुनुपर्ने सुबेदिको भनाइ थियो ।

संघिय संरचना अनुसार जिल्लामा यश बर्ष स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यक्रमका बारेमा  बार्षिक समिक्षा कार्यक्रम जिल्लाका नौ वटै  स्थानियतहमा गर्न लागिएको जिल्ला स्वास्थय कार्यालयका सुपरिबेक्षक डोर बहादुर वस्नेतले जानकारी दिए।भाद्र दोस्रो साता सम्ममा जिल्लाका सबै स्थानिय तहमा बार्षिक समिक्षा सम्पन्न गरिसक्ने जिल्ला स्वास्थ्य कार्यालयको योजना छ।कार्यालयका अनुसार अहिले सम्म सरुमारानी सहित जिल्लाको ऐरावती,झिमृक र गौमुखी गाउंपालिकाको बार्षिक स्वास्थ्य समिक्षा सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान