२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा मुद्रा स्फीतिका कारण चामलको मूल्य उच्च वृद्धि

१० जेष्ठ २०८२, शुक्रबार १५:०६

काठमाडौँ । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात् बजार पूर्वानुमान भन्दा माथि पुगेको छ । मुद्रास्फीतिका कारण सम्भवतः बैङ्क अफ जापानले ब्याज दरहरू बढाउने सम्भावना बलियो देखिएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्च महिनामा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत भएकोमा अप्रिलमा यो ३.० प्रतिशत कायम भएको छ ।

समग्र असन्तुलित मुद्रास्फीति मार्च र यो महिनामा समान ३.६ प्रतिशत रहेको छ । करिब तीन वर्षदेखि आन्तरिक मुद्रास्फीति जापानको केन्द्रीय बैङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ ।यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले केन्द्रीय बैङ्कलाई तत्कालका लागि आफ्नो वर्तमान अडानमा अडिग रहन प्रेरित गर्न सक्छ ।

बैङ्कले मे महिनाको सुरुमा आफ्नो अन्तिम बैठकमा आफ्नो मुख्य ब्याज दर स्थिर राखेको थियो तर कर वृद्धिले विश्वव्यापी आर्थिक अनिश्चिततालाई बढावा दिइरहेको भन्दै बैङ्कले जापानको लागि आर्थिक वृद्धिको पूर्वानुमानलाई परिमार्जन गरेको छ। सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फिति देखिएको थियो । चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक टाउको दुखाइ बनेको छ ।

शुक्रबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ । सन् २०२३ मा अत्यधिक गर्मी मौसम ( कम बर्षा र खडेरीका ) का कारण खराब उत्पादन हुनु र गत वर्ष ‘महाभूकम्प’ को चेतावनीका कारण आत्तिएर किनमेल गर्नु पनि यो कमीको मुख्य कारण हो । खपत बढ्नुमा पर्यटकको उच्च आगमनलाई पनि जिम्मेवार मानिएको छ भने केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान गरिएको छ ।

यसै साता जापानका कृषिमन्त्री ताकु इटोले चामलको विषयमा भएको गडबडीका कारण जनआक्रोश उत्पन्न भएपछि राजीनामा दिनुभएको थियो । उनले सप्ताहन्तमा एक सभामा भने, “मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।”

इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भने, “म जापानी जनतासँग माफी माग्छु किनभने उहाँलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो । चामलको मूल्य उच्च छ भन्ने कुरा एक पटकको घटना होइन तर संरचनात्मक घटना हो । मलाई लाग्छ, हामीले यस विषयमा गहन छलफल गर्नुपर्छ र ती (चामलको मूल्य) अवश्य पनि घट्नुपर्छ।”

क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भने, “साप्ताहिक धानको मूल्यमा स्थिरताको सङ्केत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि फेरि नरम हुन थाल्नुपर्छ ।” उनले केन्द्रीय बैङ्कले यस वर्ष नीतिलाई थप कडा बनाउने अपेक्षा गरेको पनि बताए । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली