2026-07-25 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।

‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताउनुभयो ।

अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् ।

इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो ।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ ।

आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।

हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक