२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नेपाल जलस्रोतको दोस्रो धनी देश भएतापनि पिउने पानीको हाहाकार छ : कांग्रेस नेता निधि

२०८२, ११ जेष्ठ शनिबार १५:५४

काठमाडौँ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाल पानी नै पानी भएको देश भए तापनि पिउने पानीको हाहाकार भइरहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्याशाला गोष्ठीमा बोल्दै नेता निधिले शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारले वैज्ञानिक नीति अवलम्बन गर्न आवश्यक रहेको धारणा राखे ।

तराई मधेशका क्षेत्रहरूमा जमिनमुनि पानीको स्तर कम हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ग्राउण्ड वाटर रिचार्ज गर्ने वैज्ञानिक तरिकाहरू अपनाउन अत्यन्त जरुरी रहेको उनले बताए ।

काठमाण्डुमा मेलम्चीको पानी आउने भन्दाभन्दै कैयौपटक प्रयास गरे तापनि अहिलेसम्म सहज रूपमा जनताले पानी पाउन नसकेको उनले गुनासो गरे ।

तराई क्षेत्रमा चुरे विनाशका कारण जमिनमुनिको पानीको स्तर घट्दै गएको उनले बताए । अब सरकारले नदी र झरनाको पानीलाई पिउन लायक बनाउने प्रविधि जडान गर्न उनले सुझाव दिए ।

नेता निधिले नेपाल खानेपानी संस्थानले अहिलेसम्म दिँदै आएको सुविधाको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा जनतालाई प्रदान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ