३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशः अन्तरिम नेता युनुसद्वारा नयाँ राजनीतिक वार्ताका साथ एकताको माग

१२ जेष्ठ २०८२, आईतवार १४:०६

बङ्गलादेशका अन्तरिम नेताले एकता निर्माण गर्न र तीव्र राजनीतिक शक्ति सङ्घर्षलाई शान्त पार्न आइतबार विभिन्न दलसँग ‘म्याराथुन वार्ता’ आह्वान गर्नुभएको छ ।

नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारको रूपमा सरकारको नेतृत्व गरिरहनुभएको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेपछि राजनीतिक उथलपुथल मच्चिएको छ ।

यस महिना सरकारको विरोधमा उत्रिएका प्रमुख राजनीतिक दललगायत अन्य राजनीतिक दलसँग शनिबार साँझ अबेरसम्म चलेको बैठकपछि यो वार्ता बोलाइएको हो ।

उहाँका प्रेस सचिव शफिकुल आलमले एएफपीसँग भन्नुभयो, “मुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले आइतबार विभिन्न दलका नेतासँग भेटवार्ता गर्नुहुनेछ ।”
बङ्गलादेशमा ५४ वटा राजनीतिक दल दर्ता भएका छन्, जसमा हाल प्रतिबन्धित पूर्वनेता हसिनाको अवामी लिग समावेश छैन ।

यस चरणको वार्तामा कति दललाई आमन्त्रण गरिएको छ भन्नेबारे आलमले केही खुलाउनुभएन ।

– ‘सङ्कट जारी’ –

इस्लामवादी खेलफात–ए–मजलिस पार्टीका नेता मामुनुल हकले जारी सङ्कटका विषयमा केन्द्रित हुने गरी आफू छलफलमा सहभागी हुन लागेको पुष्टि गर्नुभयो ।

लिबरल गानोसाम्हाटी एन्डोलोन पार्टीका जोनेद साकीले आफू पनि सहभागी हसने बताउनुभयो ।

राजधानी ढाकाको सडकमा प्रतिद्वन्द्वी दलहरूले प्रदर्शन गरेको एक हप्तापछि युनुसको नेतृत्वमा रहेको सरकारले शनिबार राजनीतिक शक्ति संघर्षले हासिल गरेको उपलब्धिलाई खतरामा पार्ने खतरा रहेको चेतावनी दिएको छ । “राष्ट्रिय स्थिरता कायम गर्न, स्वतन्त्र र निष्पक्ष निर्वाचन, न्याय र सुधारको आयोजना गर्न र देशमा अधिनायकवादको पुनरागमनलाई स्थायी रूपमा रोक्न व्यापक एकता आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२४ को अगष्टमा आन्दोलनकारीको इसारामा निर्वासनबाट फर्केका माइक्रोफाइनान्सका अग्रज युनुसले सन् २०२६ को जुनसम्ममा हुने भनिएको निर्वाचनअघि नै लोकतान्त्रिक सुधार लागू गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको छ ।

कामचलाउ सरकारले विभिन्न सुधार आयोगहरू गठन गरेर सिफारिसहरूको लामो सूची तयार पारेको छ र अहिले राजनीतिक दलहरूको समर्थन खोजिरहेको छ।

युनुसले पछिल्लो पटक फेब्रुअरी १५ मा बङ्गलादेशको लोकतान्त्रिक प्रणालीमा आमूल परिवर्तन गर्ने प्रयासबारे छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्नुभएको थियो र केही दलले सम्पर्कको अभावमा निराशा व्यक्त गरेका थिए।

सरकारले शनिबारको एक बैठकमा ‘अनुचित मागहरू, जानाजानी उत्तेजक र क्षेत्राधिकारभन्दा बढी भनाइहरू’ सामना गर्नुपरेको छ, जसले यसको काममा ‘लगातार अवरोध’ गरिरहेको छ।

युनुसले राजीनामा दिने चेतावनी दिनुभएको थियो तर उहाँको क्याबिनेटले उहाँले तत्काल राजीनामा दिनु नहुने बताएको युनुसको कार्यालय स्रोत र एक प्रमुख राजनीतिक सहयोगीले बिहीबार बताएका थिए ।

युनुसले शनिबार आगामी निर्वाचनमा मुख्य दाबेदारका रूपमा हेरिएको प्रमुख दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) सँग भेट गर्नुभएको थियो । बिएनपीले डिसेम्बरमा चुनाव गर्न कडा दबाब दिइरहेको छ।

बङ्गलादेशी सञ्चारमाध्यम र सैन्य स्रोतका अनुसार सेना प्रमुख जनरल वाकर–उज–जमानले पनि यसै हप्ता बिएनपीको मागअनुसार डिसेम्बरभित्र चुनाव गरिसक्नुपर्ने बताउनुभएको थियो ।

युनुसले मुस्लिम बहुल देशको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामी र हसिनाको शासन अन्त्य गर्ने विद्रोहको नेतृत्व गर्ने धेरै विद्यार्थीहरू सम्मिलित नेशनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग पनि भेट गर्नुभएको छ ।

नेकपा नेता नाहिद इस्लामले विपक्षी दलले सुधारलाई बेवास्ता गर्न र ‘सत्ता कब्जा गर्न’ छिटो चुनावका लागि दबाब दिइरहेको र सेनासमर्थित सरकार पुनः उदय हुन सक्ने ‘सङ्केत’ रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली