2026-07-28 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा हार्वर्डमा विदेशी विद्यार्थीहरूमाथिको प्रतिबन्धको रक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार हार्वर्डमा विदेशी विद्यार्थीहरूलाई रोक्ने आफ्नो प्रशासनको कदमको रक्षा गर्नुभएको छ । हार्वर्डमा विदेशी विद्यार्थीमाथिको प्रतिबन्धलाई एक न्यायाधीशले निलम्बन गरेका थिए । विश्वविद्यालयले ट्रम्प प्रशासनको उक्त कार्यलाई गैरकानूनी भनेको थियो ।

“हार्वर्ड किन भन्दैन कि उनीहरूका करिब ३१ प्रतिशत विद्यार्थी विदेशी भूमिबाट आएका छन् र अझै पनि ती देशहरू, केही संयुक्त राज्य अमेरिकाका लागि बिल्कुलै मैत्रीपूर्ण छैनन्, उनीहरूको विद्यार्थीको शिक्षाका लागि केही तिर्दैनन्, न त तिनीहरू कहिल्यै इच्छुक छन्”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्नुभयो, “हामी ती विदेशी विद्यार्थीहरू को हुन् भनेर जान्न चाहन्छौँ, यो एउटा उचित अनुरोध हो किनभने हामीले हार्वर्डलाई अर्बौं डलर दिन्छौँ, तर हार्वर्ड ठ्याक्कै खुलासा गर्न इच्छुक छैन ।”

गृहमन्त्री क्रिस्टी नोएमले बिहीबार हजारौँ विद्यार्थीको भविष्य र उनीहरूले प्रदान गर्ने आकर्षक आय प्रवाहलाई शङ्कामा पार्दै विदेशी नागरिकहरू भर्ना गर्ने हार्वर्डको क्षमतालाई खारेज गर्नुभयो ।

उहाँले गत महिना भिसा धारकहरूको ‘अवैध र हिंसात्मक गतिविधिहरू’ को रेकर्ड नदेखेसम्म विद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने धम्की दिनुभएको थियो ।

तर विश्वविद्यालयले ‘सरकारको मनमानी, लापरवाह, गैरकानूनी र असंवैधानिक कार्यलाई रोक्न’ मुद्दा दायर गरेपछि न्यायाधीशले तुरुन्तै यस कदमलाई निलम्बन गरिदिए ।

ह्वाइट हाउसले अमेरिकी विश्वविद्यालयहरूमाथि धेरै मोर्चामा कडाइ गरिरहेको छ, जसलाई प्रशासनले भनेअनुसार अनियन्त्रित यहुदी विरोधी भावना र अल्पसङ्ख्यकहरूको ऐतिहासिक उत्पीडनलाई सम्बोधन गर्ने उद्देश्यले बनाइएका विविधता कार्यक्रमहरूलाई उल्ट्याउने आवश्यकताको प्रतिक्रियाका रूपमा उचित ठहराइएको छ ।

ट्रम्प प्रशासनले प्यालेस्टिनी लडाकू समूह हमासलाई समर्थन गरेको आरोप लगाउँदै गाजामा युद्धको विरोधमा संलग्न विदेशी विद्यार्थीहरूलाई भिसा रद्द गर्न र निर्वासन गर्न पनि कदम चालेको छ ।

हार्वर्डमा सरकारले नौ अर्ब डलरको कोषलाई समीक्षामा राख्ने धम्की दिएको छ, त्यसपछि दुई अर्ब २० करोड डलरको अनुदानको पहिलो किस्ता र छ करोड डलरको आधिकारिक सम्झौताहरू स्थगित गरेको छ । यसले हार्वर्ड मेडिकल स्कूलका एक अनुसन्धानकर्तालाई निर्वासनका लागि पनि लक्षित गरेको छ ।

विदेशी नागरिकहरूको हानि (विश्वविद्यालयको विद्यार्थी सङ्ख्याको एक चौथाईभन्दा बढी) हार्वर्डका लागि महँगो साबित हुन सक्छ । हार्वर्डले ट्युसनमा एक वर्षमा हजारौँ हजार डलर शुल्क लिन्छ ।

हार्वर्ड सन् २०२४ मा ५३ अर्ब २० करोड डलरको सम्पत्ति भएको अमेरिकाको सबैभन्दा धनी विश्वविद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ