भदौ ८, फलेवास (पर्वत)। मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, फलेवास (पर्वत)। मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ ।"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मगर बस्तीमा सय वर्षपछि गाउँ फर्कियो सोरठी

८ भाद्र २०७४, बिहीबार १०:२२

भदौ ८, फलेवास (पर्वत)। मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । 

मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि सोरठी गाउन छाडिएको थियो । तर पुन मगरको कुल देवता करवाकेलीको पूजा गर्ने समयमा अरू गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम लिएपछि यहाँ सोरठी शुरु भएको छ । 

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताउनुभयो । आफ्नो बाजेको पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अब यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उहाँको भनाइ छ । 

“एक वर्षअघि सम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उहाँले भन्नुभयो, “अब युवाहरुलाई म आफँै सिकाएर निरन्तरता दिन्छु”, सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलिजाले बताउनुभयो । नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य पनि लगातार १ घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताउनुभयो । नृत्यको शुरुवातमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको विश्वास गर्छन् । 

हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाविसको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा उहाँको छ । रासस 

(फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल