2026-08-16 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

श्रीजुङमा चासोक तङ्नाम मेला लाग्ने

patrakar sammelanप्रकाश धौलाकोटी/पौष २, तेह्रथुम । किराँत लिम्बुहरुको महान चाड चासोक तङ्नाम उधौली पर्व यसबर्ष श्रीजुङ गाउँ विकास समितिमा भव्यताका साथ मनाईने भएको छ ।

कार्यक्रमको आयोजक थोक्पेफुङ केलाङ सयङले सदरमुकाम म्याङलुङमा पत्रकार भेटघाटको आयोजना गर्दै बिभिन्न मौलिक संस्कृति तथा परम्परागत खेलहरुको साथमा चासोक तङनाम मनाउने जानकारी दिएको हो ।

लिम्बुहरुको जातीय मुख्य चाडको रुपमा रहेको यो पर्व श्रीजुङको आजिराममा बिविध कार्यक्रमको आयोजना गरि मनाउन लागिएको कार्यक्रम आयोजकका संयोजक राजकुमार लुम्फुङवाले जानकारी दिनुभयो ।

आगामी पुष १० गते पर्ने यो पर्व राष्ट्रिय तथा स्थानिय गायक कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीको साथमा पुष १० र ११ गते मेलाको समेत आयोजना गरि मनाईने भएकोछ ।

लिम्बु पहिचान बोकेको माङलाङ, केलाङ, येबालाङ, यालाङ लगायतका नृत्यहरुको साथमा सुरु हुने पर्वमा हाक्पारे पालाम, गुलेली हान्ने, तिर हान्ने, छेलो हान्ने, थलि हान्ने, डोरी तान्ने लगायतका परम्परागत खेलहरुको समेत प्रतिष्पर्धा गराईने आयोजक सयङका सहसंयोजक रुपबहादुर लिम्बुले बताउनुभयो ।

२ दिनसम्म भव्यताका साथ मनाईने चासोक तङनाम उधौली पर्वमा प्रत्येक दिनको साँझमा पाहुना सत्कारको रुपमा परापुर्वकाल देखी लिम्बु जातीले जिवनयापनका लागी खादै आएको पेना माङदक, सगि सुम्बक(सिस्नोको दाल), याङबेन (झ्याउ), किनिमा, तोङवा, खरेङ लगायतका परिकारहरुको व्यावस्था गरिएको आयोजक सयङका सदस्य दिपेन चोङबाङले बताउनुभयो ।

लिम्बुहरुको जातिय संस्था किरात थाक्थुङ चुम्लुङले हरेक बर्षको चासोक तङनाम सुभकामना आदान प्रदान तथा चियापान गरेर मनाउने गरेको भएपनि यो केलाङ सयङले २ दिनसम्म मेलाकै आयोजना गरि औपचारिक कार्यक्रमको बिच मनाउने भएको हो ।

जमिनमा खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले नखाई पहिले प्रकृतीलाई नै चढाउने चार्डको रुपमा परिचित यो तङनाम बिषेश गरेर, पाँचथर, ईलाम, धरान, मोरङ काठमाडौ र ललितपुर लगायतको क्षेत्रमा प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ । हरेक बर्षको मंसिर पुर्णिमाको दिन पर्ने यो पर्वलाई राष्ट्रियकरण गर्दै सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट