2026-09-16 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने योजना त्यागेर गाउँमै यसरि बने स्वरोजगार


भदौ ८, म्याग्दी । विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् । 

मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बन्नुभएको हो । अफगानिस्तान जाने योजना त्यागेर उहाँले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुरु गर्नुभएको हो । 

पौडेलले सञ्चालन गरेको फार्ममा अहिले दुईजनाले रोजगारी पाएका छन् । चारवटा उन्नत जातको भैँसी पालेका पौडेलले चार रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएको छ । 

उहाँले दूध र दही बाबियाचौर बजारमा बिक्री गर्दै आउनुभएको छ । बन्दागोभी, काउली, घिरौला, भण्टा, खुर्सानी, करेला, लौका, सिमी, गोलभेँडा, सागलगायत मौसमी र बेमौसमी तरकारी बाबियाचौर र दरवाङ बजारमा बिक्री गर्नुहुन्छ । 

पौडेलले तीनवटा प्लास्टिक टनेलभित्र तरकारी खेती गर्नुभएको छ । तरकारी र दूध, दही बेचेर मासिक रु ५० हजार आम्दानी हुने पौडेलले बताउनुभयो । विदेश जान गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे मासिक रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पौडेललाई जिल्ला कृषि विकास कार्यालयले एकीकृत जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत रु ६० हजार तथा जिल्ला पशु सेवा कार्यालयले गोठ सुधारका लागि रु दश हजार अनुदान सहयोग समेत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल