११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जाने योजना त्यागेर गाउँमै यसरि बने स्वरोजगार

८ भाद्र २०७४, बिहीबार १२:००


भदौ ८, म्याग्दी । विदेश जाने योजना त्यागेर कृषि फार्म खोलेका म्याग्दीका कृषक गाउँमै स्वरोजगार बनेका छन् । 

मंगला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेल भैँसीपालन र तरकारी खेतीबाट गाउँमै स्वरोजगार बन्नुभएको हो । अफगानिस्तान जाने योजना त्यागेर उहाँले चार वर्षअघि गाउँमै तरकारी खेती र भैँसीपालन शुरु गर्नुभएको हो । 

पौडेलले सञ्चालन गरेको फार्ममा अहिले दुईजनाले रोजगारी पाएका छन् । चारवटा उन्नत जातको भैँसी पालेका पौडेलले चार रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएको छ । 

उहाँले दूध र दही बाबियाचौर बजारमा बिक्री गर्दै आउनुभएको छ । बन्दागोभी, काउली, घिरौला, भण्टा, खुर्सानी, करेला, लौका, सिमी, गोलभेँडा, सागलगायत मौसमी र बेमौसमी तरकारी बाबियाचौर र दरवाङ बजारमा बिक्री गर्नुहुन्छ । 

पौडेलले तीनवटा प्लास्टिक टनेलभित्र तरकारी खेती गर्नुभएको छ । तरकारी र दूध, दही बेचेर मासिक रु ५० हजार आम्दानी हुने पौडेलले बताउनुभयो । विदेश जान गर्ने लगानी र त्यहाँ गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे मासिक रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी गर्न सकिने उहाँको भनाइ छ । पौडेललाई जिल्ला कृषि विकास कार्यालयले एकीकृत जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत रु ६० हजार तथा जिल्ला पशु सेवा कार्यालयले गोठ सुधारका लागि रु दश हजार अनुदान सहयोग समेत गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से