११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हाट नलागेपछि रित्तै घरहरु

८ भाद्र २०७४, बिहीबार १२:२०

भदौ ८,मुगु । उत्तरी तिब्बती नाका नाग्चेलाग्नादेखि पर चिनियाँ क्षेत्र ह्याजिमारमा खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामान खरिद गर्न गएका सो क्षेत्रका बासिन्दा यस वर्ष रित्तै घर फर्केका छन् । 

सदियौंदेखि वर्षको एकपटक लाग्दै आएको हाटबजार यस वर्ष सीमावर्तीका तिब्बतेलीले सोझै चिनियाँ व्यापारी खाम्मासँग व्यापार गर्न नदिई आफूसँग मात्र व्यापार गर्न राखेको अडान नेपाली पक्षले नमानेपछि सोही विषयमा विवाद हँुदा हाटबजार नलागेको हो । 

यस वर्ष हाट नलागेपछि सामान खरिद–बिक्री गर्न हाट लाग्ने ठाउँ तिब्बतको ह्याजिमार पुगेका मुगाली तथा सीमावर्ती स्थानीय बासिन्दा रित्तै घर फर्केका हुन् । साउनको १० गते सीमावर्ती क्षेत्रका बासिन्दाले मुगुको मुगम कामारोङ गाउँपालिकाका नवनिवार्चित पदाधिकारीलाई बधाई दिन तथा हाटबजार लाग्नेबारे छलफल गर्न निमन्त्रणा दिएका थिए । 

पाँच दिनसम्म चलेको व्यापारसम्बन्धी छलफलमा नेपाली क्षेत्रका बासिन्दाले आफूहरुले सिधै चिनियाँ व्यापारी खाम्बासँग व्यापार गर्न पाउने अडान राखेको र सोही विषयमा बिवाद चुलिएपछि बीचैमा दुवै पक्षको वार्ता टुङ्गिएको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले बताउनुभयो । 

सिधै ठूला व्यापारीसँग व्यापार गर्न नदिएर सीमावर्ती तिब्बतका बासिन्दा छोपाले बिचौलियाको मुमिका खेल्न खोजेका र नेपालीलाई दुःख र घाटा हुने देखेपछि यस वर्ष हाट चलाउन सम्झौता नगरेको उहाँको भनाइ छ । मुगुको भोटे समूदाय र उत्तरी सीमावर्ती ह्याजिमोराङ जिल्लाका चिनियाँ नागरिकबीच वर्षांैदेखि चल्दै आएको हाटबजार नचल्दा सदियौँदेखिको ऊन र नूनको सम्बन्धमा चिसोपना आएको छ । 

वर्षभरि खान पुग्ने घिउ, मैदा, लत्ताकपडा, छुम्री, भाँडाकँुडा, चिया, चामल सुलभ मूल्यमा खरिद गर्न पाउने भए पनि यस वर्ष हाट नलागेका कारण वर्षभरि भोटेचिया, थुप्का खानसमेत समस्या भएको छ । हाटबाट थोकमा किनेर व्यापारी दैनिक उपभोग्य, लत्ताकपडा, पेयपदार्थ र निार्माणका सामान मुगु, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म पुगेर व्यापार गर्ने गरेका थिए । अहिले हाट नलाग्दा स्थानीय तथा मुगुका व्यापारी मारमा परेका मुगम् कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु