महेन्द्र केसी /पर्वत । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी /पर्वत ।
२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरे युवा

२०७४, ९ भाद्र शुक्रबार ०३:२१

महेन्द्र केसी /पर्वत । गित छ ‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ ,आँधी आए तराइमा पहाडले छेक्नु पर्छ’ । डुबान र बाढी बाट यतिबेला तराइ रोइरहेको छ १ सय ४० जनाको ज्यान जाने गरि र लाखौ घरबार बिहिन हुनु परेको यो पीडाले सबै नेपाली दुखी बन्नु परेको छ ।
बाढीबाट ५० हजारभन्दा बढी घरहरु डुबानमा परेका छन भने लाखौ मानिसहरु प्रभावित बनेका छन् । बाढीले डुबान परेको तराईका बासिन्दाहरुको लागि राहत संकलन गर्नको लागि पहाडमा युवाहरु जुटेका छन् । गीतको बोल र भाव जस्तै गरी पहाडीमा रहेका विभिन्न संघसंस्थाहरुले राहत संकलन कार्यलाई तिब्र पारेका छन् ।
मातृभूमीका लागि पर्वत सेवा समाजले हालसम्म १ लाख ४६ हजार भन्दा बढी रकम संकलन गरेको छ । बाढी र डुबानबाट बढि प्रभावित क्षेत्र सिराह र सप्तरीमा सकलित राहत रकम वितरण गर्नको लागि राहत संकलन टोली तराइतर्फ हिडेको छ ।
पीडितको अबस्था हेरी उनीहरुलाई तत्काल आवश्यक बस्तु के छ सोही अनुसार आफूहरुले राहत वितरण गर्ने संस्थाका सचिव अर्जुनपौडेल निर्जनले बताए । उनका अनुसार उक्त राहत विभिन्न देशमा रहेका नेपाली र देशभित्रै रहेका नेपालीहरुबाट संकलन गरीएको हो ।
त्यस्तै जिल्लामा क्रियाशिल रोट्याक्ट क्लब अफ पर्वतले पनि राहत संकलन गरी तराइमा पठाएको छ । क्लबले एकपाल्टी ( रु ८सय बराबरको प्याकेज) राहत अभियाननै संचालन गरी राहत संकलन गरेर तराईका बाढी पीडितको लागि पठाइसकेको क्लबका अध्यक्ष मिलन पौडेलले बताए ।
राहत संकलन अभियान अझै पनि जारी छ, हामीले तत्कालम संकलन भएको राहत रकम र अन्य सामाग्रीहरु काठमाडौमा पठाएको र सोहीबाट तराईमा लगिएको छ,उनले भने ।
राहत लिएर तराई हिडेको मातृभूमीका लागि पर्व सेवा समाजले सप्तरी र सिराहाका सवैभन्दा बढी प्रभावित भएका नागरिकलाई राहत हस्तान्तरण गर्ने बताएको छ । हामीले त्यहाँको प्रशासनसँग समन्वय गरेका छौँ, त्यहाँ सवैभन्दा बढी प्रभावित जो छ हामी उसँैलाइनै राहत वितरण गछौं । राहतमा कुनै पनि अनियमितता हुदैन सचिव पौडेलले भने ।
बाग्लुङमा पनि विभिन्न सहकारी संस्थाहरुले राहत रकम संकलन गरेका छन् । घरदैलो र सहकारीका शेयर सदस्य र कर्मचारीहरुसँग राहत संकलन गरेका छन् । सहकारीले आफ्नै सहकारीका सदस्यहरुबाट लाखौ रकम संकलन गरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित