2026-11-02 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताए

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् । परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको उनले बताए ।

गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन मंगबालर उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटक-पटक सरोकारवालासँग छलफल गरेको उनले बताए । तर, पनि चाहेजस्तो गरी परियोजना अघि बढ्न नसकेमा प्रचण्डले असन्तोष व्यक्त गरे ।

बुढीगण्डकी परियोजनाका लागि लगानी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पाँच प्रतिशत कर रोकिएमा आफ्नै कार्यकालमा त्यसलाई निरन्तरता दिएर लगानी सुनिश्चितको प्रयास गरेको उनले बताए । बुढीगण्डकी आयोजना बहुआयामिक र राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै उनले यो राष्ट्रको हितमा रहेको बताए ।

देशभर वितरणका दृष्टिकोणलाई गोरखाको बुढीगण्डकी जलविद्युत् परियोजना उपर्युक्त रहेको भन्दै उनले दलहरू र सरोकारवालाबीच सहमति जुटाएर अघि बढाइछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द