कुश्मामा तीज गीत प्रतियोगिता शुरु भएको छ । हरितालिका तीजको अबसरपारी जनकल्याण सामाजिक महिला समुहको आयोजना शुरु भएक"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मामा तीज गीत प्रतियोगिता शुरु भएको छ । हरितालिका तीजको अबसरपारी जनकल्याण सामाजिक महिला समुहको आयोजना शुरु भएक"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

कुश्मामा तीज गित प्रतियोगिता शुरु

२०७४, ९ भाद्र शुक्रबार ०३:३०

कुश्मामा तीज गीत प्रतियोगिता शुरु भएको छ । हरितालिका तीजको अबसरपारी जनकल्याण सामाजिक महिला समुहको आयोजना शुरु भएको दुइ दिने तीज मेलामा विहिबारदेखि शुरु भएको हो ।
महिलाहरुको महान चाडका रुपमा रहेको हरितालिका तिजको अबसरमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन जिल्ला न्यायाधिस मोहनराज भट्टराइले गरे ।
कार्यक्रममा बोल्दै भट्टराईले हरितालिका तीज नारीहरुको स्वतन्त्र र दुखुसुखका कुराहरु गीतमार्फत साटसाट गरी मनाउने अबसर भएको बताए । उनले तीजको अबसरमा दिदीबहिनी दाजुभाईहरु एक आपसमा एकै ठाउँमा बसेर सुखदुख साटेर मनाउने चलन स्वरुप यो पर्व मनाउन शुरु गरीएको बताए ।
सत्य युगमा हिमालयपुत्री पार्वतीसँग जोडिएको हरितालिका तीज पर्व हिन्दु नारीहरुको लागि पवित्र र महान चाड भएको उनको कथन थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गित प्रष्ठिानका पूर्व अध्क्षय प्रजापती पराजुलीले पछिल्लो पुस्ताले संगितलाई पश्चिमी शैलीमा लैजान खोजेको आरोप लगाए ।
पछिल्लो समयमा लोकदोहोरि क्षेत्रमा प्रवेश गरेका नयाँ र नवआगन्तुक कलाकारहरुले गीत संगित क्षेत्रलाई पश्चिमेशैलीमा लैजान खाजेका कारण लोकदोहोरी क्षेत्र बदनाम हुन लागेकोमा उनले दुख व्यक्त गरे ।
नवआगन्तुक कलाकारहरुले गीतसंगित क्षेत्रलाई कमाउने भाँडो बनाएर त्यसैले पश्चिमेली शैलि भित्राए । भाकालाई परिमार्जन गरे उनले भने ।
लोकदोहोरी, भजन, तीज, रत्यौली गितहरुको बास्तविक भाषा अहिलेका कलाकारहरुले प्रयोग गर्न नसकेको र संस्कृतिलाई विकृति तिर धकेल्न खोजेका कारण यस्ता गीतसंगीतलाई मिडियाले स्थान नदिए संस्कृति र भाका विकागर्नेहरु परास्त हुने उनले बताए ।
समाजकल्याण सामाजिक महिला समुहकी अध्यक्ष मानकुमारी गिरीले तिज पर्व हिन्दु नारीको पर्व भएका कारण र यसमा प्रयोग हुने तीजेभाकाहरुको जगेर्ना गर्नको लागि तीज गित प्रतियोगिताको आयोजना गरिएको बताइन । उनले समाजमा भएका विकृति र विसंगतीलाई तोड्दै समाजमा जनचेतना फैलाउने माध्यमका रुपमा समेत संगीत माध्यमलाई बनाउन र दिदीबहिनीहरुसँग यसै बान्द्रेवेणी चौरमा गितसंगीतको माध्यमबाट रमाउनको लागि कार्यक्रमको आयोाजना गरेको बताइन ।
पाङराङमा तिजको रौनक
जसको अवसरमा फलेवास नगरपालिका ११ पाङग्राङमा तिज मेला गरिएको छ । पाङग्राङ यूवा समाजको आयोजनामा तिज मेला गरिएको हो । उक्त मेलाको उद्घाटन गर्दै फलेजवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले गरिन् ।
कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेको बताउँदै आर्थिक क्रान्ति तथा समृद्धि अभियानको नेतृत्व महिलाहरुले गर्ने बेला आएको बताइन ।
अधिकारीले हरितालिको तिजको अवसरमा आयोजना गरिएको कार्यक्रमले चेलीबेटीहरुको मेलमिलाप बनाउनुका साथै आत्मियता तथा सद्भावको विकास गर्ने बताइन ।
तिजमेलामा भलिवल प्रतियोगिता,तिज गित नृत्य प्रतियोगीता र घैटोफोर प्रतियोगिताको समेत आयोजना गरिएको छ । सबै प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्टहुने हरु लाई नगद र प्रमाण पत्र प्रदान गरिने आयोजकले जवनाएको छ । तिजको अवसरमा धेरै ठाउँमा तिजमेला आयोजना गरिएको छ ।
जलजलामा पनि मेला
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जलजला गाउपालिका ८ नाग्लिबाङमा बृहत तिजमेला शुरु भएको छ ।
वाड कार्यसमिती नाग्लिबाङ्को आयोजनामा भएको मेलाको उद्घाटन गर्दै रोटरि क्लब पर्बतका अध्यक्ष बिप्लब हमालले नेपालिहरु कला र सस्कृतिमा धनी भएकोले सस्कार जोगाउनका लागि मेला महोत्सवले ठुलो भुमिका निर्भाह गर्ने बताए ।
उनले भने नेपाल संस्कार र सकृतीको लागि साझा फुलवारी हो । हामीले त्यो फुलवारी जोगाउन पर्ने भएको छ बिदशेी सस्कृतीको अन्त्य बिना हामीले हाम्रो कला संस्कृतीलाई जोगाउन नसकिने हमालले तर्क गरे ।
जलजला ८ का वार्ड अध्यक्ष हरिबिकाश जिसिको सभापतित्वमा सप्पन्न भएको उदघाटन कार्यक्रममा नेपाली काग्रेसका वार्ड सभापति रामप्रसाद केसि एमालेका प्रतिनिधि अनिता पौडेल रेग्मी माओवादीका वार्ड अध्यक्ष सोम बहादुर जिसि मेला सह सयोजक खिम बहादुर जिसि लगाएतले बोलेका थिए ।
मेला ब्यबस्थापन समितिका उपाध्यक्ष राम्जी उपाध्यय रेग्मीले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन रमेश रेग्मिले गर्नुभएको थियो । मेला ५ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली