२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला

२०८२, १५ जेष्ठ बुधबार ०७:३१

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एंव उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै  मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपुर्ण उपलब्धी भएको उहाँको भनाइ थियो ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ,कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षा छन्, केहीको सम्बोधन बजेट मार्फत हुनेछ ।”

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुनेछ, भन्नुभयो । समयमै मल किसानको बारीमा पुर्याउनका लागि आफुले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दे प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले कार्य गरिरहेको वताउनुभयो ।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । माटो लगायतको परिक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसवाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालन मार्फत किसानले आफनै पालिकामा एकै छानामुनी विशिष्ठिकृत सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका  विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा गर्नुभयो ।

कुल रु दुई करोड त्रिचालीस लाखको लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परिक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ । रिडले मध्य पहाडी लोकमार्गलाई आधारमानी विभिन्न पालिकाहरुमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरुको निर्माण गरि हस्तान्तरण गर्ने कार्य गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ