२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फोहोर व्यवस्थापन नहुँदा मेलम्ची बजार दुर्गन्धित

२०७४, ९ भाद्र शुक्रबार ०६:३६

आदित्य दाहाल/भदौ ९,  मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाबाट संकलित फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा मेलम्ची बजार निकै दुर्गन्धित हुन थालेको छ ।

मेलम्ची नगरबाट संकलन भएको फोहोरको व्यस्थापन राम्रो नभएकाले धेरै समस्या भोग्नु परेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् । नगरबाट संकलन भएको फोहोर जथाभावी नदी किनारमा फाल्दा र सार्वजानिक स्थानमा फोहोरको थुप्रो लाग्दा वातारण प्रदूषित मात्र नभएर विभिन्न रोगको समेत प्रकोप फैलन थालेको छ । 

मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयवासीले आरोप लगाएका छन् । २०७३ साल साउनमा तत्कालीन नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहोर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा रु तीन लाख बजेट विनियोजन गरी फोहोर फाल्ने खाल्डो बनाएका थिए । 

नगरपालिकाजस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहोरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयवासीले सर्वत्र विरोध गरेका थिए । बस्ती नजिकै फोहोरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयवासीले नदीको किनारमा फोेहोरको खाल्डो खनेको प्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहोर फाल्न दिएका थिएनन् । 

स्थानीयवासीले खाल्डो खन्नमा लगानी भएको रु तीन लाख व्यर्थमा गएकाले उक्त रकम तत्कालीन नगरपालिका प्रमुखबाट उठाउनुपर्नेसमेत माग राखेका थिए । खाल्डो प्रयोगविहीन भएको र खाल्डो बनाउन लागेको रकमसमेत हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका थिए । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि गाडी उपलब्ध भएपनि अहिले उक्त गाडी प्रयोगविहीन भएको छ । 

मेलम्ची नगरपालिकाका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्नुहुन्छ, “गाडी आएको केही महिना फोहोर उठाए पनि नगरपालिकाले अहिले फोहोर उठाउन छोडेको एक वर्ष भएको छ । बजारको चोकचोकमा फोहोरको थुप्रो छ, फाल्नका लागि नगरपालिकाले चासो नदिँदा रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।” 

मेलम्चीका अर्का स्थानीय पत्रकार देवराज सुवेदीले फोहोरको कारण बजारको स्वरुप नै कुरुप भएको बताउनुभएको छ । फोहोर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दा समेत बेवास्ता गरेको र छिटोभन्दा छिटो फोहोर व्यवस्थापनमा गर्नेतर्फ नगरपालिका लाग्नुपर्ने सुवेदीले बताउनुभयो । फोहोर व्यवस्थापनका लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहोर राख्ने ठाउँ बनाए पनि नगरपालिकाको गाडी अहिलेसम्म फोहोर लिन नआएको मेलम्ची नगरपालिका–१० शिखरपुरका स्थानीयवासी हेमराज खतिवडा बताउनुहुन्छ । 

फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रकोे खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ । मेलम्चीमा इन्टरनेट, वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहोर व्यस्थापनलाई दिनुपर्नेमा मेलम्चीका अर्का स्थानीयवासी तुलाराम दाहालले बताउनुभयो । 

दाहालका अनुसार फोहोरको व्यस्थापन नहुँदा नदी धेरै दुर्गन्धित भएको र फोहोरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । बजारबाट संकलित फोहोर अहिले सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्नेले सोही पानीलाई खानेपानीका रुपमा पिउन बाध्य छन् र यसको रोकथाम हुनुपर्ने दाहालको माग छ । 

फोहोर व्यवस्थापनका लागि बजेट विनियोजन भएपनि फोहोरको व्यवस्थापन गर्न नसकेको कुरा मेलम्ची नगरपालिकाका हाल कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले स्वीकार गर्नुभएको छ । दुलालले फोहोर व्यवस्थापनका लागि डम्पिङ क्षेत्रको खोजी तथा अवलोकन भइरहेको जानकारी दिनुभयो ।

मेलम्चीमा फोहोर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिदै आएको स्थानीयवासी बताउँछन् । नाम नबताउने शर्तमा एक स्थानीयवासीले भने फोहोर व्यवस्थापनका लागि १२ महिनाअघि देखि नगरपालिकामा कुरा राख्दासमेत आश्वासन मात्र दिएर फर्काउने गरेका छन् । नगरपालिका कार्यालयभित्र हुँदा फोहोर व्यवस्थापन भोलिबाट नै शुरु हुन्छ भने पनि हालसम्म फोहोर व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले कुनै कार्ययोजना नबनाएको स्थानीयबासी बताउँछन् । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित