१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पचासी वर्ष पार गरेका वृद्धवृद्धाहरुलाई सम्मान

९ भाद्र २०७४, शुक्रबार ०६:५३

भदौ ९, पर्वत । कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धलाई सम्मान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमबीच ८५ वर्ष उमेर पार गरेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले सम्मान कार्यक्रममा वृद्धलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकका रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

आफ्ना बाबुआमालाई सम्मान गरेर आफूलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताउनुभयो । उहाँले राज्य पुनःसंरचनापछि स्थानीय तहमा अधिकार आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभव हुँदै जाने बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) पर्वतका उपसचिव गोविन्द पहाडीले कुस्मा नगरपालिकाको मुहार कायापलट गर्न जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताउँदै एमालेका जनप्रतिनिधि अरूभन्दा उदाहरणीय हुन आग्रह गर्नुभयो । 

प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वृद्ध सम्मान जस्तै नागरिकका हरेक सुख–दुःखमा साथ दिन आग्रह गर्नुभयो । उहाँले पञ्चकोशी माविमा शुरु गरिएको बालमैत्री शिक्षण विधिलाई सबै वडामा लैजान जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

उक्त कार्यक्रममा कुस्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफूमा निहित गर्ने र निरङ्कुश बन्ने मनसाय राखेका कारण सबै विकास निर्माणका काम अवरुद्ध हुन पुगेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल