नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/>
2026-09-19 03:33 PM
पर्बत - PBT

पूर्णेश्वरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्थानीय महिलाहरुको २२ समूहले उत्साहप्रद सहभागीता जनाएका थिए । 

तीज गीत प्रतियोगितामा सहभागी महिला समूहले महिलाको दुःखपीडालाई भन्दा पनि हकअधिकारको विषयलाई गीतमा उठान गरेका थिए । रातो साडी, व्लाउज र परम्परागतदेखि आधुनिक गरगहनामा सजिएका महिलाहरुले घरायसी पीरमर्का, राजनीतिक परिवर्तनले निम्त्याएका घटनाक्रम, सामाजिक विकृति, तीजको मौलिक संस्कृति लगायतका विषयलाई गीतसंगीतमा प्रस्तुत गरेका थिए । 

ठुलो संख्यामा सहभागी दर्शकहरुले महिलाहरुको गीत र नृत्य हेरेर रमाइलो मानेको देखिन्थ्यो । आयोजक संस्था मन्चले महिलाहरुको हकअधिकार उठान, मौलिक संस्कृतिको जगेर्ना र नारी जागरणका लागि तीज गीत प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने सहभागीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद ३ हजार, २८ सय, २१ सय र १४ सय प्रदान गरिएको थियो भने सवै सहभागीहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । ग्रामीण विकास मन्च नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही संस्थाका संस्थापक अध्यक्ष गणेश शर्मा पौडेल प्रमुख अतिथि थिए ।

 कार्यक्रममा कुनपा १० वडा अध्यक्ष सुजन विक, पूर्णेश्वर उमावि प्राचार्य सरोज केसी, पूर्णेश्वर उमावि भूतपुर्व विद्यार्थी समाजका उपाध्यक्ष इन्दु तिवारी, गैसस पर्वत उपाध्यक्ष गणेश अधिकारी लगायतका सहभागी वक्ताहरुले तीजको समसामयिकता, प्रतियोगितामा प्रस्तुत गीतसंगीतको प्रशंसा गर्दै यसले सकारात्मक सन्देश प्रवाह गर्ने भनाई राखे । समाजका पुर्व अध्यक्ष आनन्द पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य ग्रामीण मन्च नेपालका सचिव विधान पौडेलले राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै