३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

१६ जेष्ठ २०८२, बिहीबार १३:५७

भारतमा कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुने क्रम जारी छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

बुधबार महाराष्ट्रको ठाणेमा बुधबार कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको हो। उनलाई मे २५ तारिख अस्पताल भर्ना गरिएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेह थियो भने उनले कोरोनाविरुद्धको खोप पनि लिएका थिएनन्।

यस्तै बुधबार चण्डीगढमा पनि कोरोना उपचारका क्रममा उत्तर प्रदेशका ४० वर्षीय पुरुषको मृत्यु भएको छ। उनी पन्जाबको लुधियानामा काम गर्थे। सास फेर्न गाह्रो भएपछि उनलाई चण्डीगढ रेफर गरिएको थियो। भारतभर कोरोना संक्रमण हुने क्रम बढिरहेको छ। अहिलेसम्म भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ।

जसमा सबैभन्दा बढी केरलामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। छिमेकी मुलुकमा कोरोना संक्रमण भयावह हुँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली