नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्व"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुर्मा गाउँमा वडा स्तरिय खानेपानी तथा सरसफाई समिति गठन

१० भाद्र २०७४, शनिबार ०४:४८


नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाउँमा पुर्ण सरसफाई अभियानलाई सफल बनाउन शुक्रवार वडा स्तरिय खानेपानी सरसफाई स्वच्छता समिति गठन गरिएको छ ।

संयुक्त राष्ट्र संघ अन्र्तराष्ट्रिय बाल कोष युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा शुक्रवार मुर्मा गाउँका सरोकारवाला निकायको सहभागितामा वडा स्तरिय स्वच्छता समिति गठन गरिएको हिरिसडेक मुगुका खानेपानी सरसफाई स्वच्छता  अधिकृत गणेश रावलले जानकारी दिनुभयो भयो । 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मणिचन्द्र रोकायाको संयोजकत्वमा  १५ सदस्यीय समिति गठन गरिएको हो । सदस्यहरुमा वडा सदस्यहरु सिंह बुढा, छ्याउकला विक, अजविर रोकाया, र बुधुकला रोकाया रहेका छन । 

त्यस्तै विद्यालयका तर्फबाट प्रधानाध्यापक नन्दसिंह रोकाया, महिला स्वास्थ्य स्वयम सेविकाका तर्फबाट बेलपुरा रोकाया लगायत बाल क्लब , युवा क्लब, किशोरी समुह बाट गरी पन्ध्र सदस्यीय समिति गठन गरिएको हो । 


समिति गठन भए लगत्तै गाउँ , विद्यालय तथा बातावरणिय सरसफाईका लागि पुर्ण सरसफाई अभियानलाई सार्थक बनाउन कार्ययोजना समेत निर्माण गरिएको छ । 

कार्य योजना अनुसार गाउँका सबै घरधुरीमा चर्पीको अवस्था, खानेपानी, घर आँगन सरसफाई, व्यक्तिगत सरसफाई लगायतका क्षेत्रको अनुगमन गरि देखिएका कमि कमजोरी सच्याउन छलफल, बहस, अभियान सञ्चालन गरिने छ । 

हरेक महिनाको एक पटक गाउँमा वातावरणिय तथा घर आँगन सरसफाई अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य