११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालिकाका २ वडामा मात्र सचिव, १२ वडा सचिव विहिन

१० भाद्र २०७४, शनिबार ०५:०६

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छायाँनाथ रारा नगरपालिका भित्र रहेका २ वडाहरुमा सचिव भएका र १२ वडामा सचिव  नहुदाँ दैनिक कार्य सम्पादनमा समस्या भएको छ । 

मुगु जिल्लाका चारवटा स्थानीय निकाय मध्ये सदरमुकाम रहेको छायानाथ रारा नगरपालिकाका वडा कार्यालयहरुमा कर्मचारी नहुँदा दैनिक कार्य सम्पादन तथा सेवा प्रवाहमा समस्या भएको हो । 

नगरपालिकाका १४ वटा वडा मध्ये दुई वटा वडामा मात्र सचिव रहेका र बाँकि वडाहरुमा वडा  सचिव सहित अन्य कर्मचारीको अभाव रहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । 

स्थानीय निकायको निर्वाचन पछि स्थानीयवासीलाई सेवा प्रवाह गर्न साविकका श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगा गाविसमा रहेका गाविस भवनहरुमा संयुक्त रुपमा कार्यालयहरु स्थापना गरि काम पनि थालि सकिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी दिए । 

सरकारले स्थानीय निकायलाई धेरै अधिकार दिए पनि कर्मचारी भर्ना कार्य रोकेकाले करार कर्मचारीहरुबाट सेवा दिनु परेको नगरपालिकाको भनाई छ । सरकारले कर्मचारी समायोजन गर्ने कार्य भई नसकेको, कर्मचारी समायोजन विधेयक पनि पारित नभएकाले वडा कार्यालय र नगरपालिकामा जति कर्मचारी हुनु पर्ने भए पनि कर्मचारी अभावका कारण केहि समस्या परेको नगर पालिकाको मेयर शाहीको भनाई छ । 

१४ वटा वडाका लागि १४ जना सचिव, १४ जना लेखापाल र १४ जना कार्यालय सहयोगी  मध्य दुई वडामा मात्र दुई जना सचिव कार्यरत छन भने  नगरपालिका कार्यालयमा कार्यकारी अधिकृत बाहेक सवै पद रिक्त रहेको नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह