१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण

१८ जेष्ठ २०८२, शनिबार १७:१३
काठमाडौं । साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार प्रा माधव भट्टराई र डा शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।
सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् । सङ्ग्रहमा समावेश आधिकांश कविता राष्ट्रवादी भएको साहित्यकार तथा पत्रकार दाहालले बताउनुभयो । त्यसैगरी देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले आफ्नो जन्मभूमि, जिल्ला र गाउँप्रतिको प्रेम दर्शाएको उहाँको भनाइ छ । कवितामा पाखापखेरा, गाउँबेंसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि समावेश गरिएको छ ।
लेखक दाहालले कवि÷साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र÷राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन, जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिनुभयो ।
सङ्ग्रहमाथि टिप्पणी गर्दै डा अम्बिका अर्यालले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण, विभत्स हत्या रोकिएका छैनन् भन्ने कुरालाई कविताले जोड दिएको उल्लेख गर्नुभयो ।
लेखक दाहालले भन्नुभयो, “देशमा समानता छैन, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका छन्, पुराना सभ्यता र संस्कृति थला परेका छन्, यी र यस्तै विषयलाई कवितामार्फत उजागर गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ