२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

१८ जेष्ठ २०८२, शनिबार १७:४३

रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

सुमीको प्रशासनले भनेको छ, “सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।”

रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।

हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको सङ्केतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताउनुभएको थियो ।

युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताउनुभएको थियो ।

गत वर्ष कुस्र्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उहाँले बताउनुभयो ।

रुसले हालै कुस्र्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ ।

वासिङ्टनले युद्धविरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ, तर किएभ र मस्कोले एकअर्कालाई शान्ति नचाहेको आरोप लगाउँदै आएका छन् ।

मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ।

किएभले इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएको छैन र उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्धविराम गर्न माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ