Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’ : अमेरिकी राजदूत

२०८२, १९ जेष्ठ आईतवार १३:३५

हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ । वासिङ्टनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

अमेरिकी दूत स्टिभ विट्कोफको प्रस्ताव यथावत रूपमा स्वीकार नगरिएको तर प्रस्तावबारे समूहको प्रतिक्रिया सकारात्मक रहेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको हमासले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विट्कोफद्वा गाजा युद्धविरामका लागि अघि सारिएको प्रस्तावमा हमासले जनाएको प्रतिक्रिया ‘अस्वीकार्य’ भएको र हमास ‘उसको अडानमा हलचल नभएकोे’ आरोप लगाउनुभएको छ ।

इजरायलले शुक्रबार हमासलाई सम्झौता स्वीकार गर्न र गाजामा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न दबाब दिएको र यसो नभएमा हमासको निर्मुल पार्ने गरी बाँकी कारबाही अघि बढ्ने बताएको थियो ।

शनिबार एक वक्तव्य जारी गर्दै हमासले मध्यस्थता पक्षका लागि ‘आफ्नो जवाफ पेश गरेको’ जनाएको थियो ।

“यस सम्झौताको एक भागको रूपमा प्यालेस्टिनी कैदीहरूको रिहा गर्न सहमत सङ्ख्याको बदलामा बन्धक अवस्थामा मृतक भएका इजरायली १८ शवहरू फिर्ता गर्नुका साथै१० जीवित कैदीहरूलाई रिहा गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।

समूहको राजनीतिक ब्यूरोको एक स्रोतका अनुसार उसले विट्कोफलाई सकारात्मक प्रतिक्रिया दिएको छ तर गाजा पट्टीबाट स्थायी युद्धविराम र पूर्ण इजरायली फिर्ताको सुनिश्चततालाई जोड दिएको छ।

विटकोफले भन्नुभयो, “हमासको जवाफ ‘पूर्ण रूपमा अस्वीकार्य’ छ र यसले सच्चा अर्थमा युद्धविराम चाहेको हो भने ‘हामीले अगाडि सारेको प्रस्ताव स्वीकार गर्नुपर्छ’।”

उहाँले एक्समा एक पोस्ट जारी सन्देशमा भन्नुभएको छ, “स्थायी युद्धविराममा पुग्ने प्रयासका लागि असल नियतका साथ ठोस वार्ता आगामी दिनमा हामीले ६० दिने युद्धविराम सम्झौतालाई अघि बढाउन सकिने एक मात्र उपाय भनेको आधा जीवित बन्धक र आधा मृतकहरु आफ्नो इजरायल वा उनीहरूको परिवार रहेको घरमा फर्किनेछन् ।”

हमासले लामो समयदेखि कुनै पनि सम्झौताले युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएको छ ।

तर इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणको पुनरावृत्ति हुन नदिन उक्त समूहलाई ध्वस्त पार्नुपर्नेमा जोड दिँदै आएको छ ।

इजरायलले हालै गाजामा हमासलाई परास्त गर्न आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले हाम्रा बन्धकहरूको रिहाईका लागि अद्यावधिक विटकोफ फ्रेमवर्कमा सहमति जनाएको छ, तर हमासले आफ्नो अडानलाई निरन्तरता दिइरहेको छ।”

“इजरायलले बन्धकहरूलाई घर फर्काउन र हमासलाई परास्त गर्ने आफ्नो प्रयासलाई जारी राख्नेछ।”

गत मार्च १८ मा यसअघिको युद्धविराम भङ्ग भएपछि इजरायली सैन्य कारबाही पुनः सुरु भएको र युद्धविराम वार्तामा सफलता हासिल हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार दुवै पक्ष सम्झौताको निकै नजिक रहेको बताउनुभएको थियो ।

वार्तामा संलग्न दुई स्रोतका अनुसार विटकोफको प्रस्तावमा ६० दिनको युद्धविराम समावेश छ, जुन सम्भवतः ७० दिनको लागि विस्तार गर्न सकिन्छ।

यसमा प्यालेस्टाइनी कैदीहरूको बदलामा पाँच जीवित बन्धकहरूको रिहाई र नौ शव फिर्ता गर्ने शर्त समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा