2026-09-14 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने :प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

जनकपुरधाममा मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आयोजना गरेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास समारोहमा बोल्दै उनले मधेसको समृद्धिका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट भएर सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई नेपालको एक उर्वर भूमि भन्दै यहाँको समग्र सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए । उनका अनुसार कोशी नदीको पानी सदुपयोग गर्न सकिएमा सम्पूर्ण मधेस सिञ्चित बन्नेछ, जसले कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

यसै सन्दर्भमा उनले सुनकोशी–मरिन डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अगाडी बढाएको जानकारी दिए । तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम समयमा सम्पन्न नभएको भन्दै उनले चेतावनी दिँदै भने ‘यदि यस्तै रह्यो भने सरकार ठेक्का तोड्ने दिशामा जान बाध्य हुनेछ ।’ उनले ढिलासुस्तीलाई वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरे । उनका अनुसार आजको दिनमा भ्रष्टाचार जत्तिकै गम्भीर समस्या ढिलासुस्ती पनि हो, र सरकार अब त्यसविरुद्ध कडा कदम चाल्नेछ ।

विकासका कार्यहरूमा देखिएको सुस्तता सह्य नहुने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।
मिथिलाको ऐतिहासिक र सांस्कृतिक महत्वसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्र एक समय चिन्तन र ज्ञानको केन्द्र रहेको बताए ‘जहाँ अक्षर नभएको बेला पनि चिन्तन हुन्थ्यो, तर आज यो क्षेत्र विकासमा पछाडि पर्नु दुःखद हो,’ उनले भने, ‘अब पछाडि पर्ने समय सकिएको छ ।

मधेसले अब तीव्र गतिमा विकासको यात्रा तय गर्नुपर्छ ।’कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरू, प्रदेश सरकारका प्रतिनिधिहरूसमक्ष प्रधानमन्त्रीले सुशासन र विकासलाई एकैसाथ अगाडी बढाउनु आजको आवश्यकता रहेको बताए । उनले सबैलाई एकसाथ काम गर्न आह्वान गर्दै मधेसको समृद्धिको बाटो अब रोक्न नसकिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ