ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी नियन्त्रण गर्न स्थानीयबासीको चासो

सन्तोषकुमार, दाङ १० भदौ । अर्खाखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी नियन्त्रण गर्न स्थानीयबासीको चासो

सन्तोषकुमार, दाङ १० भदौ । अर्खाखा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सितगंगाबासीको गुनासो – नदीजन्य बस्तु दाङ तर्फ चोरी निकासी

२०७४, १० भाद्र शनिबार १२:४६

ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी नियन्त्रण गर्न स्थानीयबासीको चासो

सन्तोषकुमार, दाङ १० भदौ । अर्खाखाँची जिल्लाको दक्षिण—पश्चिमी भेगका नदी तथा खोलाबाट दिनदहाडै नदीजन्य बस्तु ठुलो परिमाणमा दाङतर्फ चोरी निकासी बढेको भन्दै त्यस भेगका स्थानीयबासीहरुले तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् । जिल्ला स्थीत सितगंगा नगरपालिकाको उत्तर, पश्चिम तथा दक्षिणी भेगका खोलाहरुबाट दिनहुँजसो रातीको समयमा समेत ठुलो परिमाणमा दुङ्गा, गिट्टी र बालुवा दाङ तर्फ चोरी निकासी हुँदा समेत स्थानीय प्रशासन र स्थानीयतहले चासो नदेखाएको भन्दै दुख व्यक्त गरेका हुन् ।

सितगंगा नगरपालिका वार्ड नम्बर ८ ले शनिबार सातमारामा आयोजना गरेको ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी रोकथामका लागि स्थानीय सरोकारवालाहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी सितगंगा नगरबासीहरुले ठुलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा निकासी भईरहेको भन्दै तत्काल नियन्त्रणको पहल थाल्न आग्रह गरेका हुन् । उनीहरुले यसरी दिनदिनै बढ्दै गएको नदीजन्य बस्तुको चोरीनिकासी नियन्त्रण हुन नसके निकट भबिष्यमा ठुलो समस्या आईपर्ने बताएका थिए । नगरपालिकाको क्षेत्रमा पर्ने नदी खोलाबाट ठुलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा निकासी भईरहेकोमा जनप्रतिनिधिहरुले पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुले चोरीनिकासी नियन्त्रणका लागि नगरपालिका र वार्ड कार्यालयले पहल गर्ने बताएका छन् । 

सितगंगा नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष रुकेश आलेको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारीले आफ्नै नगरपालिकामा यसरी नदीजन्य बस्तु चोरीनिकासी भईरहेको र त्यसको अहिले सम्म नियन्त्रण हुन नसकेको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापन गर्न आवश्यक पहल गर्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मेयर अधिकारीले यसरी चोरीनिकासी गर्ने जोकोहीलाई पनि नछोड्ने र कानुनी कार्बाहीका लागि स्थानीय प्रशासन संग समन्वय गर्ने बताए । त्यति मात्र होईन तपाई स्थानीयबासीहरु पनि नियन्त्रणका लागि लाग्नुस् हामीले के सहयोग गर्नु पर्छ सबै सहयोग हुन्छ मेयर अधिकारीले भने । हामी जनप्रतिनिधि र प्रशासनले चाहेर मात्र चोरीनिकासीलाई पूर्ण नियन्त्रण गर्न सकिदैन । त्यसको लागि तपाईहरुको साथ सहयोग पनि चाहिन्छ अधिकारीले जोडदिंदै भने । 

सितगंगा नगरपालिकाले यसअघि नै नगरक्षेत्रका नदी तथा खोलानालामा अबैध रुपमा चोरीनिकासी गर्ने सवारीसाधनलाई दण्डजरिवाना सहित कानुनी कार्वाही गर्ने निर्णय समेत गरेको छ । जस अनुसार टेक्टरलाई प्रति ट्रिप २० हजार, टिप्ंपरलाई प्रति ट्रिप ३० हजार र स्काईभेटरलाई एक लाख सम्म नगद जरिवाना र कानुनी कार्वाही गरिने नगरपालिकाको कार्यालयले जनाएको छ । उक्त नगरपालिकाको राप्ती नदी, रङ्गसिङ्ग खोला, सिर्लिङ्ग खोला लगायतका नदी तथा खोलाहरुबाट दिनहु जसो दर्जनबढी टेक्टर, टिप्परले ढुङ्गा, गिट्टी र बालुवा निकासी हुने गरेको स्थानीयबासीहरुको भनाई छ । 

एकता युवा क्लबका अध्यक्ष लक्ष्मीबहादुर कुमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सितगंगा नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष भिमबहादुर केसी, नेपाली काँग्रेसका श्रीराम गिरी, नेकपा एमालेका रेणु बेल्बासे, माओवादी केन्द्रका दलजीत सुनार, राष्ट्रिय जनमोर्चाका प्रेमनारायण खनाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी सहायक निरीक्षक यज्ञप्रसाद बेल्बासे, समाजसेवी अकबर अलि, यामबहादुर केसी, टेकबहादुर क्षेत्री, चन्द्र पुरी, वार्ड सदस्य अर्चना राना, शिक्षक बिधानचन्द्र अधिकारी, देउखुरी टुडे साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, पत्रकार बिदुर एमसी, स्थानीयबासीहरु भाजबीर पुन, जसबहादुर रोका, टेकबहादुर दर्लामी र कुलबहादुर कुमाल लगायतका वक्ताले आ—आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वार्ड सदस्य शोभाराम घर्तीले गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै