पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/8780ca96ad970c291ab76cccc33105ed1503763876.png" style="float: left;"><b>भदौ १०, चितवन ।</b> भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीयसूर्यबहानदुर प्रर्जालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । </p><p>प्रजालाई बाघले आक्रमण गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस </p>

