भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको व"/>

2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आफ्नै श्रीमतीसहित दुई युवती बेच्ने नुवाकोट खरानीटारका एक व्यक्ति पक्राउ

भदौ १०, चरिकोट | आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् । 

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पुर्याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ । 

ती महिलालाई निरकुमारले बिहे गरेर राम्रोसँग काठमाडौँमा राख्ने र भविष्य राम्रो बनाइदिने भन्दै ललाइफकाइ दिल्ली पुर्याएर दिल्लीस्थित मजनुकातिला भन्ने स्थानमा बस्ने नेपाली भाषी लक्ष्मी तामाङसँग भारु एक लाख ३५ हजारमा बिक्री गरेको उनले बयान दिएको प्रहरीले बताएको छ । 

बालिकालाई प्रलोभनमा पारी दिदी नाता पर्ने सोही गाउँकी सीता नेपालीको सहयोगमा बिक्री गर्न गाउँबाट लगेको र परिवारका आफन्तले २०७३ जेठ २० गते प्रहरीसमक्ष जाहेरी दिएपछि सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो भने निरकुमार फरार थिए । 

सीतालाई हाल दोलखा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । निरकुमारलाई शुक्रबार प्रहरीले काठमाडाँैस्थित महाराजगन्जबाट प्रक्राउ गरी दोलखा ल्याएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । रासस 

– फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक