2026-09-14 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

सङ्गठन चलाउन ‘थैली अभियान’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले सङ्गठन चलाउन ‘थैली अभियान’ सुरु गरेको छ ।
पार्टी तथा जनवर्गीय सङ्गठन सशक्तीकरण एवं सुदृढीकरणका लागि आर्थिक रुपमा सबल तथा आत्मनिर्भर हुनुपर्ने महसुस गरी थैली अभियान सुरु गरेको अनेमसङ्घ कर्णालीले स्पष्ट गरेको छ ।
अनेमसङ्घ कर्णाली प्रदेश कमिटीका अध्यक्ष पद्मा खड्काका अनुसार आर्थिक अभावका कारण सङ्गठन सञ्चालनमा देखिएको कठिनाइलाई सामना गर्न सुरु गरिएको अभियान फलदायी एवं उपलब्धिमूलक भएको छ । थैली अभियानको औपचारिक सुरुआत नेकपा (एमाले) कर्णाली प्रदेशका पूर्वअध्यक्ष गुलाबजङ्ग शाह र पूर्वप्रदेश इन्चार्ज लेखराज भट्टबाट भएको हो । पार्टी कमिटीको २०८० असोज ९ गते सम्पन्न दोस्रो बैठकमा नेताद्वयले थैलीमा हजार÷हजार रुपैयाँ राखेर अभियान शुभारम्भ गर्नुभएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । त्यसपछि खाजा खाएर फिर्ता भएको रकम थैलीमा राख्ने क्रमले निरन्तरता पाएको छ ।
अध्यक्ष खड्का भन्नुहुन्छ, “सुरुमा सानो लाग्थ्यो पाँच रुपैयाँ, १० रुपैयाँ तर नियमितता, प्रतिबद्धता र सामूहिक प्रयासले थैली अभियान आर्थिक व्यवस्थापनको आधार बनेको छ ।” थैली अभियानको अभ्यास सरल देखिन्छ । खाजा खाँदा फिर्ता भएको पैसा जम्मा गर्नु, तर यसको पछाडि गहिरो सोच, सङ्गठनप्रतिको प्रतिबद्धता र आत्मनिर्भर बन्ने प्रयास लुकेको छ । उहाँले थप्नभयो, “हाम्रो उद्देश्य प्रस्ट छ । सशक्त सङ्गठन निर्माण, आर्थिक आत्मनिर्भरता र महिला नेत्रीहरूको एकतामा आधारित आन्दोलनको सुदृढीकरण ।”
उहाँले भन्नुभयो, “हामीले देख्यौँ कि सहयोगीहातहरू टाढा छैनन्, रकम हाम्रो खल्तीमै छ । सङ्घीयता आयो, महिलाको प्रतिनिधित्वसहित नेतृत्वले स्थान पायो, तर आर्थिक स्रोत कमजोर रहेसम्म सङ्गठन बलियो हुँदैन भन्ने बुझेर हामी आफैँले बाटो खोल्यौँ र थैली अभियान सुरु ग¥यौँ ।”
सङ्गठन चलाउन आर्थिक चुनौती बढ्दै गएपछि अनेमसङ्घ कर्णाली प्रदेशकी अध्यक्ष खड्काले देख्नुभएको थैली अभियान अहिले सशक्त बन्दै गएको छ । अध्यक्ष खड्का भन्नुहुन्छ, “हाम्रो अभियान भनेको समस्या देखाएर होइन, समाधान खोजेर अगाडि बढ्ने हो । थैली अभियान त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।” उहाँले थप्नुभयो, ‘‘थैलीमा जम्मा हुने प्रत्येक रुपैयाँको मूल्य केवल पैसामा मात्र तुलना गर्न मिल्दैन, त्यो त विश्वास, त्याग र सङ्गठनप्रतिको प्रेम र समपर्ण हो ।’’
अहिले अनेमसङ्घ कर्णालीमा प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने ५४ सदस्यीय कमिटी छ । ती सबै सदस्यहरूले खाजाको फिर्ता रकम नियमित रूपमा थैलीमा हालिरहेका छन् । पहिलो पटकको थैली सङ्कलनका क्रममा १५ हजार रुपैयाँ जम्मा भएको थियो । त्यसको निरन्तरतापछि हालसम्म ६० हजार रुपैयाँ सङ्कलन भइसकेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘महिलाका हातमा परेको थैली आज सङ्गठन सशक्तीकरणको बलियो हतियार बनेको छ । सङ्घको बैठक, तालिम, जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दा लगानी गर्ने स्रोतका रूपमा थैलीको प्रयोग गर्दै आइरहेका छौँ ।” यसले अनेमसङ्घभित्र आर्थिक अनुशासनमात्रै होइन, समान उत्तरदायित्वको संस्कार पनि विकास भइरहेको छ । मुलुकको विकासजस्तै सङ्गठनको विकास पनि आफैँबाट सुरु गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।
थैली अभियानबाट सङ्कलित रकक कोषाध्यक्षको जिम्मामा छ । तर, अब छिट्टै बैङ्क खाता सञ्चालन गरी, लेखापरीक्षण प्रणालीमार्फत पारदर्शी रुपमा कोषको व्यवस्थापन गरिने सङ्घले स्पष्ट गरेको छ । “हामी रकम जम्मा मात्रै गरिरहेका छैनौँ, त्यो रकम पारदर्शी ढङ्गले चलाउने प्रतिबद्धता पनि हाम्रो अभियानकै हिस्सा हो,” अध्यक्ष खड्का बताउनुहुन्छ ।
सङ्घले आर्थिक अनुशासन कायम गर्न पदाधिकारीहरूबाट १०० रुपैयाँ र सदस्यहरूबाट ५० रुपैयाँ ‘लेवी’ पनि सङ्कलन गर्नेगरेको छ ।
यस्तै, अनेमसङ्घले २६१ वटा टोल कमिटीहरू पनि गठन गरिसकेका छ । हालसम्म कर्णाली प्रदेशमा ३० हजार सदस्यता वितरण गरिएको छ, जसमध्ये सात हजार सदस्य औपचारिकरूपमा आबद्ध भइसकेका छन् । अध्यक्ष खड्काका अनुसार सङ्गठनको लक्ष्य २० हजार सक्रिय सदस्य बनाउने र प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने रहेको छ । उहाँले अब सङ्घको आफ्नै मुखपत्र प्रकाशन गर्ने योजना अघि बढेको र त्यसबाट विज्ञापन सङ्कलन गरी आर्थिक स्रोतको विविधीकरण गर्ने सोच बनाइएको बताउनुभयो ।
अध्यक्ष खड्काले भन्नुभयो, “कर्णालीजस्तो भौगोलिक हिसावले दुर्गम र पछि परेको, आर्थिक एवं शैक्षिक रुपमा कमजोर  प्रदेशमा पार्टी सङ्गठन सञ्चालन गर्नु सजिलो छैन । अझ महिलाको नेतृत्वमा राजनीतिक सङ्गठन चलाउनु त थप चुनौतीपूर्ण छ । तर अनेमसङ्घ कर्णालीको यो अभियान अरु सामाजिक, राजनीतिक सङ्घसंस्थाका लागि भने अनुसरणयोग्य हुने विश्वास लिएकी छु । थोरै रकमको निरन्तर बचतले ठूलो परिवर्तन सम्भव छ भन्ने उदाहरण थैली अभियानले दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ