2026-09-26 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप: खर्च घट्दै, व्यापार सुस्ताउँदै

अष्ट्रेलियामा सन् २०२५ को सुरुवाती पाँच महिनामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो आर्थिक नोक्सानी भएको छ।

सरकारी विवरणअनुसार, बाढी, डढेलो, आँधी र चक्रवातले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब २ अर्ब २० करोड अष्ट्रेलियाली डलर (करिब एक अर्ब ४० करोड अमेरिकी डलर) बराबरको असर पारेको छ।

पूर्वी तटीय राज्यहरू न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा धेरै ठूलो बाढी आएको थियो। मार्च महिनामा आएको चक्रवात ‘अल्फ्रेड’ पछिल्ला ५० वर्षमा पहिलो पटक दक्षिणपूर्वी क्विन्सल्यान्डमा पुगेको थियो।

देशका अन्य भागहरूमा पनि कडा हावाहुरी, चक्रवात र डढेलोका घटनाहरू भएका थिए।

कोषालयले जनाएअनुसार, क्विन्सल्यान्डमा फेब्रुअरी
महिनामा खुद्रा व्यापार ०.३ प्रतिशतले र मार्च महिनामा ०.४ प्रतिशतले घटेको थियो।

अष्ट्रेलियाली तथ्याङ्क कार्यालयका अनुसार, नयाँ वर्षको पहिलो तीन महिनामा देशभर मानिसहरूले गर्ने खर्च खासै परिवर्तन भएको थिएन, तर क्विन्सल्यान्डमा भने ०.२ प्रतिशतले घटेको थियो।

सरकारले महँगी, बेरोजगारी र राष्ट्रिय ऋण घटाउने प्रयासमा भएको सफलताका कारण अहिले विपद्‌बाट पीडित समुदायलाई सहयोग गर्न सक्षम रहेकाे जनाएको छ।

सरकारले पीडित जनताको पीडा सबैभन्दा ठूलो कुरा भएको जनाउँदै आर्थिक असर पनि महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह