2026-09-26 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु

पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ ।

महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ ।

राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहनु भएको छ ।

बिहान ६ः०० बजे देखि सुरु भएको मतदान प्रक्रिया बेलुका ८ः०० बजे सम्म चल्ने र मतदाताको सहभागिता उच्च हुने अपेक्षा गरिएको छ ।

कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो ।

महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन ।

नेता युन र उहाँकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षको कार्यकाल हुन्छ भने नियमित राष्ट्रपति चुनावको साथ, संक्रमणकालीन अवधि हुन्छ ।

प्रारम्भिक चुनावमा राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपति बन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह