2026-08-27 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सांसद अर्यालको पहलमा रु ५० लाख बराबरको राहत वितरण

भदौ ११,मोरङ। काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गर्नुभएको छ । 

बाढी शुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिनुभएको हो । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गर्नुभयो । 

अर्यालको पहलमा जहदामा एक हप्तासम्म भोजन गराइएको थियो । एलाइन्स फर डिजास्टर रिलिफ काठमाडौँको सहयोगमा सांसद अर्यालले जहदाका बासिन्दलाई वितरण गर्नुभयो । जहदा–३, ४, ५ र ७ वडाका ५५० परिवारलाई १५ किलो चामल, तीन किलो दाल, एक–एक लिटर तेल, नून, एक पौवा मसला, एक थान त्रिपाल र एक थान झुल वितरण गरियो । 

रिलिफका संयोजक विकास सापकोटाको नेतृत्वको टोलीले रु १५ लाख बराबरको राहत अर्यालमार्फत वितरण गरिएको हो । अर्यालले मोरङ–५ का बाढीपीडितलाई पहिलोचरणमा न्यूनतम आवश्यकताका राहत वितरण गरिएको र दोस्रो चरणमा फाउण्डेशनबाट एक हजारलाई नयाँ घर बनाइदिने बताउनुभयो । 

बाढीपीडितलाई गाँस बासकै समस्या, रातभर जाग्रम बस्न बाध्य 

यसैगरी बाढीपीडितले भोकभोकै पालमुनि जाग्रम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । 

आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ । तर विराटनगर महानगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । 

बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताहरुले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । 

३०० भन्दा बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उहाँहरुमा बिहान खाए साँझ के खाने समस्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो