२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सांसद अर्यालको पहलमा रु ५० लाख बराबरको राहत वितरण

११ भाद्र २०७४, आईतवार ०५:३९

भदौ ११,मोरङ। काँग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उहाँको एक्लो प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गर्नुभएको छ । 

बाढी शुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिनुभएको हो । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गर्नुभयो । 

अर्यालको पहलमा जहदामा एक हप्तासम्म भोजन गराइएको थियो । एलाइन्स फर डिजास्टर रिलिफ काठमाडौँको सहयोगमा सांसद अर्यालले जहदाका बासिन्दलाई वितरण गर्नुभयो । जहदा–३, ४, ५ र ७ वडाका ५५० परिवारलाई १५ किलो चामल, तीन किलो दाल, एक–एक लिटर तेल, नून, एक पौवा मसला, एक थान त्रिपाल र एक थान झुल वितरण गरियो । 

रिलिफका संयोजक विकास सापकोटाको नेतृत्वको टोलीले रु १५ लाख बराबरको राहत अर्यालमार्फत वितरण गरिएको हो । अर्यालले मोरङ–५ का बाढीपीडितलाई पहिलोचरणमा न्यूनतम आवश्यकताका राहत वितरण गरिएको र दोस्रो चरणमा फाउण्डेशनबाट एक हजारलाई नयाँ घर बनाइदिने बताउनुभयो । 

बाढीपीडितलाई गाँस बासकै समस्या, रातभर जाग्रम बस्न बाध्य 

यसैगरी बाढीपीडितले भोकभोकै पालमुनि जाग्रम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । 

आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको छ । तर विराटनगर महानगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । 

बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताहरुले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । 

३०० भन्दा बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उहाँहरुमा बिहान खाए साँझ के खाने समस्या छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ