2026-11-11 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घले गाजा सहायता स्थल वरपरका ‘घातक आक्रमण’ लाई भन्यो ‘युद्ध अपराध’

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार गाजा पट्टीमा सहायता वितरण स्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ ले ‘युद्ध अपराध’ भएको बताउनुभएको छ ।
प्यालेस्टिनी क्षेत्रका उद्धारकर्ताहरूले दक्षिणी सहर रफाहको सहायता वितरण केन्द्र नजिकै मङ्गलबार सर्वसाधारणलाई लक्षित गरी इजरायली गोली प्रहारबाट २७ जनाको मृत्यु भएको बताएका छन् ।
यो आइतबारको यस्तै घटनापछि आएको हो जतिबेला उद्धारकर्ताहरूले सोही स्थानमा ३१ जनाको मृत्यु भएको बताए, साक्षीहरूले उनीहरू सहायता लिन गइरहेको बताए ।
“गाजामा थोरै मात्रामा खाद्यान्न सहायता प्राप्त गर्न खोज्ने विचलित नागरिकहरूमाथि घातक आक्रमणहरू असहनीय छन्”, टर्कले एक विज्ञप्तिमा भन्नुभयो, “लगातार तेस्रो दिन, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) द्वारा सञ्चालित सहायता वितरण स्थल वरपर मानिसहरू मारिए । आज बिहान हामीले दर्जनौँ मानिस मारिएको र घाइते भएको जानकारी पाएका छौँ ।”
अमेरिका समर्थित जिएचएफ हालै गठन भएको समूह हो । यसलाई इजरायलले गाजामा नयाँ सहायता वितरण संयन्त्र लागू गर्न सहयोग गरेको छ ।
तटस्थता, निष्पक्षता र स्वतन्त्रताको मूल मानवीय सिद्धान्तहरू पूरा गर्दैन भन्ने चिन्ताका कारण संयुक्त राष्ट्रसङ्घले फाउन्डेसनसँग काम गर्दैन ।
टर्कले प्रत्येक आक्रमणको द्रुत र निष्पक्ष अनुसन्धान गर्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन आह्वान गर्नुभयो ।
“नागरिकहरू विरुद्ध निर्देशित आक्रमणहरू अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र युद्ध अपराध हो”, उहाँले भन्नुभयो, “प्यालेस्टिनीहरूलाई सबैभन्दा बढी विकल्पहरू प्रस्तुत गरिएको छः इजरायलको सैन्यकृत मानवीय सहायता संयन्त्रमार्फत उपलब्ध गराइरहेको थोरै खानामा पहुँच गर्ने प्रयास गर्दा भोकमरीबाट मर्नु वा मर्ने जोखिम लिने । यो सैन्यीकृत प्रणालीले जीवनलाई खतरामा पार्छ र सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन गर्दछ, जस्तो कि संयुक्त राष्ट्रसङ्घले बारम्बार चेतावनी दिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने